राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रले ४३ सिटमा संयुक्त उम्मेदवारी दिने

बुटवल । माघ ३। राष्ट्रियसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले ४३ सिटमा संयुक्त उम्मेदवारी दिने निर्णय गरेका छन् ।

गठबन्धनको कार्यदलको बुधवार बसेको बैठकले एमालेले २९ र १४ जना माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति गरेको । कुल ५६ सिटको राष्ट्रियसभाको बाँकी १३ सिटका लागि थप छलफल गर्ने र अन्य दलहरुसँग पनि कुराकानी गर्ने निर्णय कार्यदलले गरेको छ ।

१३ सिटमा उम्मेदवारी दिने वा नदिने बारे थप छलफल पछि टुगों लाग्ने कार्यदल संयोजक एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजनासहित ८ जना चुनिने ब्यवस्था छ । त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिले एकजना महिला सहित तीन जना मनोनित गर्ने प्रावधान छ ।

सरकारले माघ २४ गते चुनाव हुनेगरि राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छ ।
माघ १० गते उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ। त्यस्तै माघ ७ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने र ११ देखि साँझ ५ बजेसम्म प्रकाशित नामावली उपर दाबीविरोध तथा उजुरी दिन सकिने कार्यतालिका छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.