प्रदेश प्रमुखमा हाम्रो सहमति छैन–ओली

 

काठमाडौ । पुस ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई नयाँ सरकार बनेपछि हटाउने संकेत गर्नुभएको छ ।

एकसाता लामो नियमित स्वास्थ्य परिक्षणपछि थाइल्याण्डबाट विहिवार स्वदेश फर्कनुभएका एमाले अध्यक्ष ओलीले “अहिलेको सरकारले गरेको प्रदेश प्रमुखको नियुक्ति अप्ठ्यारो फुकाउनका लागि गरिएको काम मात्रै भएको” बताउँदै त्यसबारे त्यसबारे “उपयुक्त समयमा विचार हुने” प्रतिकृया दिनुभयो ।  प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्दा पनि स्वार्थ हावी भएको उहाँको भनाई छ ।

सरकारले सहमतिको बाहानामा आफ्नो स्वार्थ मात्रै पुरा गर्न खोजेको ओलीको आरोप  छ । हामीले सहमतिमै जना भनेका थियौ तर अनुपयुक्त मनसायका साथ असंवैधानिक तरिकाले अध्यादेश आयो । प्रदेश प्रमुखबारे पनि त्यही भयो । अनि हामीले त्यसो भए सरकारले संवैधानिक प्रकृया पुरा गरोस भनेर सहमति दियौ – ओलीले सरकारलाई प्रकृया पुरा गर्नमात्र दिइएको तर्फ संकेत गर्नुभयो ।

चुनाव पछिको नयाँ सरकारले प्रदेश प्रमुख तोक्नु उपयुक्त हुने भएपनि विभिन्न स्वार्थ र मनसायका कारण सत्ता लम्व्याएर ढिलाई गरेको भन्दै ओलीले काँग्रेसप्रति लक्षित गर्दै कटाक्ष गर्नुभयो । नयाँ जनादेश आएपछि गलत ब्याख्या र मनसाय राख्नु लोकतान्त्रिक हुन्न–ओलीको भनाई छ ।

अध्यक्ष ओलीले नयाँ बन्ने सरकारले सुशासन र सम्वृद्धि चाहेको पनि उल्लेख गर्नुभयो ।

पार्टी एकिकरणको प्रसंगमा अध्यक्ष ओलीले एकिकरण प्रकृया अव तिव्र गतिमा अघि बढ्ने बताउनुभयो । पार्टी एकिकरण तिव्र गतिमा अघि बढ्छ। आशंका गर्नुपर्दैन–उहाँले भन्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.