अत्याधुनिक सुविधा सम्पन्न मन्टेश्वरी बुटबलमा

प्रदेश अत्याधुनिक सुविधा सम्पन्न मन्टेश्वरी बुटबलमा
बुटवल, ४ माघ– बुटवल उपमहानगरपालिका ७ दिपनगरमा मदरल्याण्ड डे केयर एण्ड मन्टेश्वरी स्कुल सञ्चालनमा आएको छ । प्रबन्ध निर्देशक बसन्त श्रेष्ठका अनुसार मन्टेश्वरी तालिम समेत प्रदान गर्ने गरी पुर्णरुपमा परिवारिक वातावरणमा आफ्नै आवासमा मन्टेश्वरी सञ्चालनमा ल्याइएको हो । ५० जना वालवालिकाहरु राख्न सकिने गरी हाल पहिलो चरणमा सुभारम्भ गरिएको प्रिन्सीपल रेनुका श्रेष्ठ ले जानकारी दिईन् । ८ वटा टाईलेट बाथरुम सहितको अत्याधुनिक सुविधा सम्पन्न मन्टेश्वरी रहेको छ । काठमाण्डौ बाहीरको उत्कृष्ठ मन्टेश्वरीको रुपमा उभ्याउने गरी सुभारम्भ गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा माघ महिना भर भर्ना हुन आउने विद्यार्थीहरुको लागि भर्ना शूल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालकले जनाएका छन् । हाल भर्ना २५ सय र अन्य सबै शुल्क ४५ सय प्रतिमहिना रहेको जनाइएको छ । साथै बुधवार काठमाण्डौबाट आएकी प्रशिक्षक मिरा दाहाल, वालवालिका मनोविज्ञ गोमा दाहाल लगायतले अभिमुखिकरण समेत प्रदान गरेका थिए ।उनिहरुले शिक्षिका,अभिभावक, स्थानिय गृहणीलाई मन्टेश्वरीमा बालवालिका कसरी राख्ने कसरी पढाउने सिकाउने कसरी बालमस्तिष्कमा सरलसहज तरीकाले सिकाउन सकिन्छ भन्ने वारेमा प्रशिक्षण दिईएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.