प्रदेश ५ का सांसदको आइतबार शपथ , शपथ स्थल र सचिवालय सिगारिदै

 

बुटवल ।
प्रदेश नम्बरर ५ का संसदको शपथ आइतबार हुने भएको छ । अस्थायी मुकाम
ब्ुटवलको बुटवल उद्योग वाणिज्य संघको भवनमा शपथ हुने भएको हो ।
प्रदेश प्रमुख उमाकान्त झाले आफ्नो शपथ ग्रहण लगत्तै प्रदेश सांसदको
शपथग्रहणको समय तोकेका हुन । ‘आइतबार बिहान ११ बजे शपथ ग्रहण हुनेछ,
उनले भने–‘त्यसको तयारी भइरहेको छ । मैले निर्वाचित सदस्यहरुलाई खबर गर्नका
लागि निर्देशन दिइसकेको छु ।’
बुटवल उद्योग वाणिज्य संघको भवनमा अस्थायी शपथ स्थल बनाइएको छ । यो सभाहल
५ सय जना क्षमताको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद
मैनालीले शपथ स्थल, प्रदेश प्रमुखको सचिवालय र निवास तयार भइसकेको बताए ।

प्रदेश प्रमुख झा शनिबार बुटवल आउदैछन् । उनको सचिवालय रुपन्देही व्यापार
संघको भवनमा तयार हुदैछ । त्यस्तै निवासका रुपमा रामनगर स्थित सीप विकास
केन्द्रको भवन प्रयोग हुने प्रजिअ मैनालीले बताए ।
शपथको तयारीका लागि जिल्लाका सरकारी कर्मचारी जुटिसकेका छन् । निर्वाचन
कार्यालय र जिल्ला प्रशासन कार्यालयसंग भवन डिभिजनले टोली खटाएको छ ।
आवश्यक फर्निचरको व्यवस्थापन शनिबार साझसम्म भइसक्ने बताइएको छ ।
शपथका लागि प्रदेश सभाका प्रत्यक्ष तर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट
निर्वाचित ३५ जना गरी ८७ जना रहेका छन् । शपथ ग्रहण हुने सभाहललाई नै
तत्कालका लागि प्रदेश सभा बैठक स्थलका रुपमा प्रयोग गरिने छ । उद्योग वाणिज्य
संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्ष सहित संसद सचिवालय
राखिने बताइएको छ ।
शपथमा सहभागि हुनका लागि प्रदेश प्रमुखले सबै सदस्यहरुलाई पत्र पठाइसकेका छन्
भने कर्मचारीहरुले फोनमार्फत पनि खबर गरिरहेका छन् ।
प्रदेश मन्त्रालयका लागि समेत भवन व्यवस्थापन भइसकेको छ । मन्त्रालयहरु बुटवलमै
बनेको श्रम कार्यालयको छ तले भवनमा राखिने भएको छ । ‘२० दिनमा भवन पूर्ण
तयारी भइसक्छ । त्यही भवनमा अटाएजति मन्त्रालयहरु बस्ने बताईको छ । त्यहा
नअटेका मन्त्रालयका लागि बन, राजश्व लगायतका कार्यालयमा व्यवस्थापन गरिने
बताईको छ ।
आईतबार सपथ गराईने भएपछि सुरक्षा व्यवस्था राम्रो गरि मिलाईको
जिल्लाप्रहरि प्रमुख श्याम ज्ञवाली बताए । सवारी साधनको चापलाई मध्येनजर गरेर ठेला ई रिक्सा लगाएतका केहि सवारी साधन लाई आईतवार रोक लगाईएको पश्चिम क्षेत्रीय ट्रार्फिक प्रहरि प्रमुख कृष्णहरि शर्मा ले बताए ।
प्रदेश मुकाम तोकिएसंग बुटवललाई सौन्दर्यकरण गर्न थालिएको छ । बुटवल उपमहानगरपालिकाले सडकमा राखिएका ठेलालाई हटाउने अभियान शुरु गरेको छ । नगर प्रमुख शिवराज सुवेदीले नगरको सरसफाईदेखि ट्राफिक व्यवस्थापनको योजना बनेको बताए ।
प्रदेश कार्यालय बन्ने भएपछि सुरक्षा निकायले पनि त्यसको तयारी गरेको छ । प्रमुखको सचिवालय, सभा स्थल र निवास क्षेत्रलाई सुरक्षा निगरानीमा राखिएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.