तिलोत्तमाको प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृह शिलन्यास

तिलोत्तमा, माघ ८ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बनाउन थालेको प्रमुख प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृहको आईतबार शिलन्यास गरिएको छ । वडा नं. ६, कुञ्जलापुरमा निर्माण हुने प्रशासनिक भवनको पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलन्यास गर्नु भएको हो । यस्तै वडा नं. ७ र ९ को केउलानीमा निर्माण हुने सभाहलसहितको अतिथि गृहको अर्का पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले शिलान्यास गर्नु भएको छ ।
कार्यालय भवन र अतिथि गृह एवं सभाहलकोे निर्माण एकैसाथ सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । नगरकार्यपालिकाको गत बुधबारको बैठकले प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृह निर्माण स्थलको सर्वसम्मत निर्णय गरेको थियो । नौ बिगाहा क्षेत्रफलमा बनाइने प्रशासनिक भवनका लागि तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षमा दुई करोड रुपैंयाा विनियोजन गरेको छ । भवन निर्माणका लागि चाहिने थप रकम नेपाल सरकारबाट प्राप्त हुने नगरपालिकाको विश्वास छ ।
अतिथिगृहमा २० कोठाका साथै एक हजार जना मानिस अट्ने सभाहल र पार्कहरु समेत निर्माण गरिने नगरपालिकालेे जनाएको छ । प्रशासनिक भवनको शिलन्यास गर्दै पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले निकट भविष्यमैं बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र आसपासका गाउापालिका समेटेर महानगरपालिका बन्ने भएकाले महानगरको आवश्यकतालाई पूरा गर्नेगरी प्रशासनिक भवन बनाउन आग्रह गर्नुभयो ।
बुटवल र भैरहवाको बीच भागमा पर्ने भएकाले निकट भविष्यमैं बन्ने महानगरको केन्द्र तिलोत्तमामा राख्न उपयुक्त हुने भएकाले प्रशासनिक भवनलाई अत्याधुनिक बनाइनुपर्नेमा उहााले जोड दिनुभयो । यस्तै सभाहलसहितको अतिथिगृह शिलन्यास गर्दै अर्का पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले एक हजार जना अट्ने सभाहल र अतिथिगृहको निर्माणले तिलोत्तमा नगरमा नयाा आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । उहााहरु दुवै जनाले शिलन्यास गरिएका दुवै भौतिक संरचनाको निर्माण समयमैं पूरा गराउन आफ्नो तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा नगर प्रमुख बासदेव घिमिरेले शिलन्यास गरिएका दुवै भौतिक संरचनाहरुलाई अत्याधुनिक र सुविधासम्पन्न बनाइने बताउादै सार्वजनिक जग्गालाई संरक्षण गरेर राख्ने सबैलाई धन्यवाद दिनुभयो । उहााले दुवै भौतिक संरचना निर्माणमा सबैको रचनात्मक सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाले दोस्रो नगरसभाको पूर्वसन्ध्यामा प्रमुख प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृहको शिलन्यास गराएको हो । नगरपालिकाको दोस्रो नगरसभा सोमबारबाट सुरु हुादैछ । नगरसभाको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । विधान अधिवेशनको रुपमा नगरपालिकाको दोस्रो नगरसभा हुन थालेको हो । नगरसभामा १३ वटा ऐन, नियमावली, निर्देशिका प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको कानुनी सल्लाहकार खुमकान्त पौडेलले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.