श्रीपञ्चमीमा सरस्वती पूजा

बुटवल । माघ ८ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपन्चमी पर्व सोमवार देशभर विभिन्न कार्यक्रम सहित मनाइएको छ । संगीत, कला, साहित्य र विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइन्छ ।

सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा विद्या बढ्ने धार्मिक विश्वास छ । आजकै दिन बालबालिकालाई अक्षर आरम्भ गराइन्छ।

विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् । बुटवलका सरस्वती मन्दिर तथा विद्यालयहरु लगायत देशका विभिन्न सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लागेको छ । वसन्त ऋतुहरूको शुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

बुटवलमा स्कूल, क्याम्पस लगायत शिक्षण संस्थाहरुले शिक्षण संस्थामै सरस्वतीको मूर्ति प्रतिस्थापन गरी सरस्वती पूजा गरेका छन् । विद्यार्थी, स्रष्टा र कला साधकले सरस्वतीको प्रतीकका रुपमा पुस्तक र वाद्यवादन यन्त्रको समेत पूजा गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.