तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सुरु

 

तिलोत्तमा, माघ ८ । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सोमबारबाट
मणिग्राममा सुरु भएको छ । हिउँदे विधान अधिवेशनको रुपमा लिइने नगरसभामा
विभिन्न १३ वटा ऐन, नियमावली, निर्देशिका प्रस्तुत गरी पारित गर्ने कार्यसूची
रहेको छ । संघीय सरकारले तयार पारेको कानुनको ढाँचालाई आधार मानी
तयार गरिएका शिक्षा, सहकारी, कृषि व्यवसाय प्रवद्र्धन, बजार अनुगमनलगायतका
विभिन्न ऐन, नियमावली, निर्देशिका नगरसभामा प्रस्तुत गरिने नगर प्रमुख
बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य दधिराम न्यौपानेले आमजनताको
पहुँचमा पुग्नेगरी स्थानीय कानुन बनाउन नगरसभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
तिलोत्तमा नगरमा विकासका पर्याप्त संभावना रहेको औंल्याउँदै उहाले यस
क्षेत्रको विकासका लागि आफू सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।
अर्का प्रदेशसभा सदस्य तुलसी चौधरीले तिलोत्तमाको विकासका लागि बजेट जुटाउन
यस क्षेत्रका सबै सांसदहरु एकैं ठाउँमा उभिने बताउनुभयो । यस्तै प्रदेशसभा
सदस्य रमा अर्यालले सडकको ममर्तसम्भारमा विशेष ध्यान दिन स्थानीय
जनप्रतिनिधिहरुलाई आग्रह गर्दै विकासका काम प्राथमिकताका आधारमा हुनुपर्ने
उल्लेख गर्नुभयो ।
यसैगरी अर्का प्रदेशसभा सदस्य बलदेव शर्मा पोख्रेलले नगरपालिकाले सञ्चालन
गरेको हरियाली प्रवद्र्धन अभियानमा सबै नगरबासीले साथ दिनुपर्नेमा जोड
दिनुभयो । प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले जनतालाई परिवर्तनको
अनुभूति दिलाउने गरी नयाँ ढंगले विकासका कामहरु गर्नुपर्ने बताउनुभयो ।
नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले हालसम्म भएका कामहरुको प्रतिवेदन पेस
गर्दै विकास÷निर्माणका काममा नगरबासी सबैको एउटै दृष्टिकोण हुनुपर्छ
भन्नेमा नगरपालिका दृढ रहेको बताउनुभयो । नगरपालिकालाई विकासका
दृष्टिकोणले नमूना बनाउन आफूहरु दत्तचित्त भएर लागेका बताउँदै उहाँले
विकास÷निर्माणका काममा आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन र रचनात्मक
सुझाव, सल्लाह दिन सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगर उप–प्रमुख
जागेश्वरी चौधरीले नगरसभाले स्थानीय आवश्यकतालाई सम्बोधन गर्नेगरी कानुन
निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एकीकृत गुरुयोजना निर्माण सुझाव समितिका संयोजक गोपाल
भट्टराई, नेकपा एमालेका यज्ञ गैरे, नेपाली कांग्रेसका हरिलाल पाण्डे, नेकपा
माओवादी केन्द्रका हेमन्त पाण्डे, जनमोर्चाका बालानन्द घिमिरे, रेडियो
लुम्बिनीका अध्यक्ष मोहन चापागाईं, स्रोह मौंजा सिंचाई प्रणालीका माधव
पाठक, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीलगायतले बोल्नु
भएको थियो ।
नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उप–प्रमुख जागेश्वरी चौधरीको
सञ्चालन, प्रवक्ता सुरेन्द्र श्रीको धन्यवाद तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण
प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम भएको हो । नगरसभाको अर्को बैठक
यहीँ माघ ११ गते दिउँसो १ बजे डाकिएको छ ।

विभिन्न व्यक्ति तथा संघ–संस्था सम्मानित
तिलोत्तमा, माघ ८ । तिलोत्तमा नगरपालिकामा सुरु गरिएका विभिन्न अभियानमा
महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघ–संस्थाहरुलाई सम्मान गरिएको छ ।
खासगरी सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान, छाडा चौपाया नियन्त्रण
अभियानका साथै नगरप्रमुख दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्नेहरुलाई
नगरपालिकाले दोस्रो नगरसभाको अवसरमा सोमबार सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा लुम्बिनी नर्सरीका सञ्चालक रमेश पाण्डे, दर्लामकाली
अटो पार्ट्सका सञ्चालक सुरज काफ्ले, गुप्ता नर्सरीका सुरज गुप्ता, शिवचोक
टोल विकास संस्था, नमूना टोल विकास संस्था, टिकाराम चापागाईं, राममणि
बहुमुखी क्याम्पस, मिसन डेभलपमेन्ट बैंक, विजयज्योती सहकारी, घरेलु तथा साना
उद्योग महासंघ रुपन्देही, संगम आमा समूह रहेका छन् । उनीहरुलाई नगरसभाका
प्रमुख अतिथि प्रदेशसभा सदस्य दधिराम न्यौपानेले कदरपत्र र दोसल्लाबाट सम्मान
गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.