पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमाको दशौ बार्षिकोत्सव सम्पन्न

 

बुटवल, माघ ८ । पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमाले आफ्नो दशौ बार्षिकोत्सवको विभिन्न कार्यक्रम सगै मुलुमारोह कार्यक्रम आयोजनामा गरि समापन गरेको छ । कार्यक्रम सगै सप्ताहाव्यापि गरिएका विभिन्न कार्यक्रमका विजेता लाई सम्मान र पुरस्कृत पनि गरीएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेशसभा सदस्य लिलागिरी ले मुलुकको राजनिति सगै शिक्षा निति आमुल परिबर्तन गर्नु पर्ने बताउनु भयो ।उहाँले छिट्टै प्रदेश सरकार गठन हुने ब्यवहारिक शिक्षा निती बन्ने बताउदै व्यबहारिक र प्राविधिक शिक्षा आवस्यक रहेको बताउनु भयो । विशिष्ट अतिथी राष्टिय परिक्षाबोर्ड बुटबलका प्रमुख टिकाराम अर्याल ले विद्लयले गुणस्तरिए शिक्षा संगै अतिरिक्त कृर्याकलाव विद्यार्थि को सर्वागिण विकासमा ध्यान दिनु पर्ने बताउनु भयो ।कार्यक्रममा लोकनाथ ज्ञवाली ,दधिराम न्यौपाने हेम थापा ,राम गिरी चुडामणि डुर्मे राजन ज्ञवाली ,राजन मैनाली प्राचार्य चोलाकान्त डम्रे,, दिनेश फुल्लेल, गोपाल गौतम, केशव खनाल नविन शाक्य लगायतले वोल्दै विधालयले दश बर्षको कार्यकालमा थुप्रै उदारणीय काम गरेको भन्दै विदलयको प्रसंसा गरेका थिय ।समापन समारोहमा विदर्थी हरुले नृत्य गित कविता सास्कृतिक साहित्यीक प्रस्तुति गरेर मनोरन्जन दिएका थिए । समापन समारोहमा विदलयका संस्थापक,भुपु विदर्थी ,पुर्व प्राचार्यसमेतलाई सम्मान गरिएको थियो । सो अवसरमा एकडेमिले एक हप्तासम्म दशौ बार्षिकोत्सव समारोह पारेर गरिएका विभिन्न खेल तथा शैक्षिक प्रतियोगिता ,अतिरिक्त किर्याकलाप तथा रक्तदानमा उत्कृष्टलाई नगद पुरस्कार तथा सम्मान पत्र, शिल्ड ,र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । विद्यालय का अध्यक्ष मोहन चापागाईले गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयले पाठ्यक्रमका अलावा थुप्रै अतिरिक्त क्रियाकलाब र व्यबहारीक शिक्षा प्रदान गरिएको जानाकारी दिनुभयो ।कार्यक्रम विदलयका अध्यक्ष मोहन चापागाईको अध्यक्षता सहप्रर्चाय रवि काफ्ले र,गोपाल गौतम को संचालनमा कार्यक्रम सम्पन्न भएका हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.