अक्सफोर्ड कलेजमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट लाई सम्मान

बुटवल, माघ ९ । बुटवल–८ सुख्खानगरस्थित अक्सफोर्ड कलेजमा नवआगन्तुक
विद्यार्थीलाई मंगलबार स्वागत गरिएको छ । कलेजमा अध्ययनरत बिबिएस, बिएड
दोस्रो, तेस्रो र चौथौं वर्षमा अध्ययनर विद्यार्थीहरू बिबिएस र बिएड प्रथम
वर्षमा अध्ययनका लागि कलेजमा आएका विद्यार्थीहरूलाई वेलकम गरेका हुन् ।
नव आगन्तुक विद्यार्थीहरूलाई मायाको चिनोले स्वागत गरिएको थियो । स्वागत
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अक्सफोर्ड कलेजका अध्यक्ष दुर्गादत्त भण्डारीले
अक्सफोर्ड यस क्षेत्रमै गुणस्तरीय शिक्षामा सबैभन्दा अगाडि रहेको भन्दै उज्जवल
भविश्वको लागि अक्सफोर्डलाई रोज्न सबैलाई आग्रह गरे । उनले गुणस्तरीय
शिक्षाका लागि कलेजले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे । वेलकम कार्यक्रममा
विशिष्ट अतिथि अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनीले कलेजमा
विद्यार्थीमैत्री वातावरण रहेको बताए । मरासिनीले गुणस्तरीय शिक्षा र लगनशील
शिक्षक विद्यार्थीको कारण अक्सफोर्ड कलेज सबैको रोजाईमा पर्न सफल भएको
बताए । कार्यक्रममा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, पूर्व प्राचार्य
अजित खनाल, विद्यार्थीहरू संगम न्यौपाने, सुशीला घिमिरे ललित खनाल लगायते बोल्दै
अक्सफोर्ड कलेज सबैको मन मुटुमा बस्न सफल भएको बताए ।
बिबिएस चौथौं वर्षमा अध्ययनर विद्यार्थी अमृत खरेलको अध्यक्षता, बिएड
दोस्रो वर्षमा अध्ययनर विद्यार्थी प्रिया थापाको स्वागत तथा दिवा नेपाल,
बिन्दू बञ्जाडे, सोनु पोखरेल र रेशम ढकालको सञ्चालमा कार्यक्रम भएको थियो
। वेलकम प्रोग्राममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत
गरेका थिए । कार्यक्रममा उत्कृष्ट अंकसहित उतिर्ण विधार्थिहरु तथा विभिन्न अतिरिक्त कृयाकलाबमा उत्कृष्ट लाई सम्मान र पुरस्कृत गरीएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.