बुटवल । माघ १०। राष्ट्रियसभामा यहि माघ २४ गते हुने निर्वाचनका लागि सातै प्रदेशमा मनोनयन भएको छ ।
हरेक प्रदेशवाट ८ जनाका दलले निर्वाचित हुने सदस्यका लागि विहान १० बजेदेखि मनोनयनको दर्ता शुरु भएको हो ।
प्रदेश नं. ५ को लागि दाङस्थित जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न चारवटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराए । राष्ट्रिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेसबाट चार जना, नेकपा माओबादी केन्द्रबाट दुई जना र राष्ट्रिय जनमोर्चाबाट एक गरि ११ जनाले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि दाङबाट उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा एमालेबाट कोमल वली, खिमलाल देवकोटा, मिना बुढा र रामलखन चमारले उम्मेदवारी दर्ता गराए । त्यस्तै माओवादी केन्द्रबाट राजकुमार कुवर र चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराए ।
नेपाली कांग्रेसबाट अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय, मैकुलाल बाल्मिकी र लुटबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट रश्मिराज नेपालीले उम्मेदवारी दर्ता गराए ।
निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्तासँगै बुधवार दिउँसो चार बजेदेखि पाँच बजेसम्म उम्मेदवारको सूचि प्रकाशन गर्ने, ११ गते उम्मेदवारको दाबी विरोधमा उजुरी दिने, १३ गते मनोनयन पत्र र उजुरी माथि जाँचबुझ गरी निर्णय गर्ने र १४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उक्त दिन २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ।
मुख्य निर्वाचन अधिकृत हमेन्त रावलले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्वर ५ बाट ३ सय ५ जना मतदाता रहेको जानकारी दिए ।
सातवटै प्रदेशमा उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्ला सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो ४ बजेसम्म उम्मेद्वारी दर्ता गराउने समय तोकिएको छ । राष्ट्रियसभा निर्वाचनमा २१ दलले भाग लिन पाउने छन् ।