प्रशासनले ताला फोडे पछि सिमेन्ट तथा छड बोकेका गाडी नियन्त्रणमाकमिसन खाएर मध्यरातमा ताला फोडेको युवासंघको आरोप

छड सिमेन्टको मुल्यबृद्धि फिर्ता नहुँदासम्म

बिक्रि वितरण बन्द गर्न युवासंघको आग्रह

बुटवल, माघ १० । सिमेन्ट र छड उद्योगले विकाश निर्माणलाई नै प्रभाव पार्ने गरी अस्वभाविक मूल्य वृद्धि गरेको भन्दै युवा संघ नेपाल, रूपन्देहीले जिल्लामा सञ्चालित सबै सिमेन्ट र छड उद्योगमा गरेको तालाबन्दी प्रशासनले खोले पछि युवा संघ नेपाल ले बुधबार सिमेन्ट तथा छड बोकेका गाडी नियन्त्रणमा लिनुका साथै केहि गाडी टोडफोड गरेको छ । युवा संघ, रूपन्देहीका अध्यक्ष नकुल शाही ले प्रशासन ले मोटो रकम कमिसन खाएर मध्यरातमा ताला फोडेको आरोप लगाए अध्यक्ष शाहिले प्रशासनको आडमा कालोबजारी बढेको प्रष्ट भएको समेत बताए उनले भने हामिले प्रशासनलाई जानाकारी दिएर अल्टीमेटम दीएर ताला लगाए पनि प्रशासनले बिनाजानाकारी मध्यरातमा तालाखोलेर जनतामारा काम गरेको आरेपलगाए । युवा संघ नेपाल रुपन्देहिको नेतृत्वको टोलीले मंगलबार साँझ ११ वटा सिमेन्ट र छड उद्योगमा तालाबन्दी गरेर उद्योग बन्द गराएको थियो ।

छड सिमेन्टको मुल्यबृद्धि फिर्ता नहुँदासम्म

बिक्रि वितरण बन्द गर्न युवासंघको आग्रह

बुटवल, १० माघ । युवा संघ रुपन्देहीले रुपन्देहीका हार्डवेयर व्यबसायीलाई अनिश्चितकालिन व्यबसाय बन्द गर्न आह्वान गरेको छ ।संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गरि छड तथा सिमेन्ट उद्योगले मनोमानी रुपमा छड सिमेन्टमा मुल्य बृद्धि गरेको भन्दै मुल्य बृद्धि फिर्ता नहुँदा सम्म व्यबसायीलाई बिक्रि वितरण बन्द गर्न आग्रह गरेको हो ।युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुल्य बृद्धि गर्नुपर्ने कुनै कारण नहुँदा नहुँदै भारी मुल्य बृद्धि गर्नुले उपभोक्तामाथि चरम शोषण भएको हामीले महसुस गरिएको र उपभोक्ता तथा व्यबसायिकै हितकालागि संघले लिएको कदममा व्यबसायीहरुले साथ र सहयोग हुन्छ भन्ने अपेक्षा गरिएको छ ।युवा संघ नेपालले सोमबार प्रशासनलाई ध्यानाकर्षण गराएको थियो भने प्रशासनले समेत सुनुवाई नगरेको भन्दै मंगलबार लुम्बिनी कोरिडोरका उद्योगहरुमा तालाबन्दि गरिदिएको थियो । संघले उद्योगहरुमा ताला लगाईसकेकाले छड तथा सिमेन्टको ढुवानी भएमा ताडफोड लगायतका कारणबाट कुनै क्षती भए स्वयम् उद्योगीले जिम्मेवारी लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.