प्याब्सन रूपन्देहीको साधारणसभा शिक्षाको विकासमा संस्थागत विद्यालयको महत्वपूर्ण भूमिकाः पौडेल

बुटवल, माघ ११ । नेकपा एमालेका उप–महासचिव तथा रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले नेपालको शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । निजी विद्यालयको योगदान विना अहिलेको शिक्षा सोच्न समेत नसकिने बताए । निजी तथा आवाशिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रूपन्देहीको १५ औं वार्षिक साधारणसभाको बिहीबार तिलोत्तमामा उद्घाटन गर्दै नेता पौडेलले निजी विद्यालयका समस्याहरू समाधान गर्न आफू सधै तयार रहको स्पष्ट पारे । उनले भने, ‘शिक्षामा संस्थागत विद्यालयको ठूलो योगदान भए पनि अहिलेसम्मका सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन । अबको सरकारले सामुदायिक र संस्थागत विद्यालयको दूरी घटाउन पहल गर्छ ।’ पौडेलले प्याब्सनलाई प्राज्ञिक व्यक्तिहरूको साझा संस्था बनाउन आफूले पहल थाल्ने उनुपर्ने अहिलेको मुख्य समस्या छ । अब बन्ने नयाँ सरकारले शिक्षा क्षेत्रमा रहेका सबै व्याप्त समस्या समाधान गर्ने बताए । कार्यक्रममा प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले राज्यले निजी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूलाई छात्रावृत्ति वञ्चित गरी ठूलो अपमान गर्दै आएको बताए । ढुंगानाले राज्यकै कारण निजी विद्यालयले प्राविधिक शिक्षा भित्राउने वा नभित्राउने अन्यौलमा पारेको बताए । सो अवसरमा बोल्दै प्याब्सनका महासचिव राजेन्द्र बानियाले अब बन्ने सरकारले निजी विद्यालयलका समस्या समाधान गर्न आग्रह गरे । सो अवसरमा बोल्दै प्याब्सन रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले संस्थागत विद्यालयलाई राज्यले संरक्षण गर्न विशेष पहलकदमी लिनुपर्ने बताए ।संस्थागत र सामुदायिक विद्यालयको दूरी घटाउन आवश्यक रहेको अध्यक्ष पौडेलको भनाइ थियो । कार्यक्रममा एसईई रुपन्देहीबाट नेपाल प्रथम भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । प्याब्सन अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षता उपाध्यक्ष एकनारायण काफ्लेको स्वागत तथा सचिव लक्ष्मण ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.