ट्रिप्परको ठक्करबाट एक बृद्धाको ज्यान गएपछि दिनभर घटनास्थल तनावग्रस्त

तिलोत्तमा नगरपालिकाको जानकीनगरमा ट्रिप्परको ठक्करबाट एक बृद्धाको ज्यान गएपछि दिनभर घटनास्थल तनावग्रस्त बन्यो । । जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षिय बिष्णु कुमारी भट्टराईलाई टिप्परले ठक्कर दिएपछि स्थानीयले टिप्परमा आगो लगाउंदै सडक अबरुद्ध गराएका थिए । प्रहरीका अनुसार जेब्राक्रसबाट सडक पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको ट्रिप्परले ठक्कर दिएको हो । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर केही समय तनावग्रस्त बनेको थियो । स्थानीयले ठक्कर दिने ट्रिपर जलाउनुको साथै अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् । बिहान पौने १० बजे भएको उक्त घटनापछि दिउसो २ बजेसम्म जानकीनगर क्षेत्र अशान्त बन्यो । स्थानीयले प्रहरीले टिप्पर चालकलाई संरक्षण दिंदै सर्वसाधारणमाथी दमन गरेको आरोप लगाउंदै प्रदर्शनमा उत्रिएका थिए । सयौं स्थानीयको प्रदर्शनपछि झण्डै चार घण्टा सडकमा यातायात ठप्प भएको थियो । भिडलाई साम्य पार्न प्रहरीले पटकपटक बलप्रयोग गरेको थियो । यसैविच घटनास्थलमा पुगेका तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मृतकका परिवारलाई क्षतिपूर्ति दिने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । टिप्परको तिव्र गति नियन्त्रणमा प्रशासनले ध्यान नदिदा दुर्घटना भएको स्थानीयको भनाई छ । सडकमा सवारीसाधानको अत्यन्त भिड हुने समयमा टिप्पर संचालनमा रोक लगाउन सबै क्ष्ँेत्रबाट पटकपटक माग हुंदै आएपनि प्रहरी प्रशासनले त्यसतर्फ चासो नदिएको सर्वसाधारणको गुनासो छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.