डा.रमेश भट्टराई–
कर्णाली भुगोलको विकटताले मात्रै हैन, जीवन जीउन पाउाने आधारभूत अधिकारबाट समेत बन्चित छ । मानव विकास सुचकांकमा समेत पछि रहेको कर्णालीमा सुत्केरी हुन नसकेर वा अत्याधिक रक्त श्राव भएर गर्भवती महिलाको ज्यान जाने गरेका घटना नौला हैनन । अझ कर्णाली कै सुगम मानिने जुम्ला सदरमुकाममा समेत त्यस्ता घटना बेलाबखत हुने गर्छन । अंचल सदरमुकाम समेत रहेको जुम्लामा दैनिक रुपमा अत्यावश्यक पर्ने रगतका लागि ब्लड बैक समेत छैन भन्ने सुन्दा अचम्म लाग्छ होला । तर वास्तविकता त्यही रहेछ । तत्काल रगत चाहियो भने हार गुहार गरेर पाउनेहरु भाग्यमानी ठहरिन्छन जुम्ला मै । त्यसैले अत्याधिक रक्तश्राव भए रगतकै अभावमा ज्यान गुमाउन आमनागरिकका लागि सामान्य घटना जस्तै हुादो रहेछ ।
तर विरामीहरुको उपचारमा संलग्न भएको आठ बर्षमा मैले जुम्लामा यस्तो घटनालाइ सामना गर्नुपर्यो त्यो मेरो डाक्टरी पेशाकै सर्वाधिक अत्यास लाग्दो र पछि सवैभन्दा ठुलो सन्तुष्टिको कारक बन्न पुग्यो । मृत्युको मुखमा पुगेकी कालीकोट जिल्ला फोइ महादेव गाउापालिकाकी सपना हमालको मुस्कान देखेर उनीबाहेक म जति खुसी सायदै अरु भए होलान भन्ने लागेको छ ।
घटना गत असार २० गते मंगलवारको हो । जुम्ला अस्पतालमा दिनभरी हाडजोर्नीका ४ ओटा अपरेशन सकेर कोठामा पुगेपछि सााझ साढे ६ बजे म घरमा रहेकी श्रीमतीसाग विरामी छोरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै थिए । छोरीलाई अस्पताल लगेर बालरोग विशेषज्ञलाई देखाएको बारे कुरा हुादै गर्दा छोरी बिरामी हुादा पनि आफुसागै हुन नपाएकोमा मन खिन्न भैरहेको थियो । त्यसैबेला अचानक ढोका ढक्ढक्याउदै मेरो मित्र डाक्टर अनुप भित्र पस्दै भन्नुभयो- तिमी तुरुन्त प्रसुती कक्षमा जानुपर्यो । एउटा बिरामीको रगत धेरै बग्यो रे । अनि श्रीमतीलाई नआत्तिन र धैर्य राख्न भन्दै दौडिए ।
प्रसुती कक्षमा पुग्दा बालरोग विशेषज्ञ डा. निराजना कायस्थ एक अचेत एक महिलालाई कृतिम श्वास प्रश्वास दिदै हुनुहुन्थ्यो । मेडिकल अफिसर भाई डा. शम्भुले यता र उता सबैलाई बोलाउादै गरेको र स्त्रीरोग विशेषज्ञ डा. राजीब शाहले हतास हुादै ती अचेत महिलाको पाठेघरलाई अठ्याएर रगत बग्न नदिने प्रयास गरिरहनुभएको थियो । साथमा दुई जना नर्सहरु दुई ओटा हातमा लगाएको सुईबाट सलाइन निचोर्न ब्यस्त थिए ।
स्थिति गम्भिर थियो । विरामी ति महिलाका हात र खुट्टाको धड्कन महसुस हुन छोडीसकेको थियो । अव के गर्ने कसो गर्ने भन्ने छटपटाहट मा हामी पर्यौ । जसरी पनि उनलाई बचाउने उपायमा जुट्नु हाम्रो सवैभन्दा प्रमुख दायित्व थियो । त्यसैले मैले अर्को ठूलो नशामा सुई लगाएर दुई पोका बिशेष हेमासिल तुरुन्त दिई दिए । त्यसपछी बिरामीको नाडी अलिअलि महसुश हुन थाल्यो । मन अलि हलुङ्गो भयो ।
त्यही क्रममा डा. राजीबले भन्नुभयो- ३५ वषर्ीय यि महिला, सात पटक गर्भवती भएकी र अहिले १ घण्टा अगाडी बच्चा जन्माएकी हुन । तर बच्चा जन्माए लगत्तै आधा घण्टा अगाडी चक्कर लागेर बेहोस भएर लडिन । अनि बच्चा जन्माउने द्वारमा हृवालहृवाल्ती रगत बग्न शुरु गर्यो । त्यो रगत बग्न रोक्नका लागी ३० मिनेटदेखी सबै औषधी र साधन -ऋयलमom तयतबउययभम) राखीयो तर पनि रगत बग्न रोकिएन । उहााले आफुलाई विरामीको पाठेघर फुटेको जस्तो लागेको बनाएपछि तुरुन्त अपरेसन गरेर पाठेघर झिक्ने र महिलाको ज्यान जोगाउने निष्कर्षमा हामी पुग्यौ । तर त्यसका लागि मुख्य समस्या रगत भयो । किनभने उनको रगत बगेर सकिइसकेको थियो । के गर्ने कुनै उपाय थिएन । यहाा द्ययियम द्यबलप को व्यवस्था छैन र तत्काल रगत पाउन कठिन छ भन्नेमा हामी जानकार थियौ अनि रगतको अभावमा अपरेशन रोके उनको ज्यान जाने खतरा थियो ।
अरु केही उपाय थिएन । एउटी सुत्केरी विरामीको रगतको अभावमा ज्यान जानबाट जसरी हुन्छ रोक्ने सोचर हामी आफै अघि बढ्यौ र चेक गर्दा बिरामीको रगतको ग्रुप र डा. राजीब तथा मेरो रगतको ग्रुप एउटै रहेेछ । अरु केही उपाय नभएपछि म अघि सरे । डा. राजीबले ति महिलाको पाठेघर अठ्याएर बसेको हुनाले छोड्न मिलेन । अनि बिरामी अलिकति स्थीर भएको बेला बिरामीलाई अप्रेशन कोठामा सार्न लगाएर म आफै रक्तदान गर्न ल्याब भित्र छिरे । मैले एक पोका रगत निकालेपछि थप १ पोका नर्सिङ्गका विद्यार्थीको रगत लिएर अपरेशन कोठामा तत्कालै कुदे । अपरेशन कक्षमा इन्चार्ज रमु, नर्स पार्वती, सहयोगमा पूर्ण जी र एनेस्थेसिया सहयोगी प्रकाश भाई पहिले देखी तमतयार थिए ।
त्यतिबेलासम्म अर्का महिला रोग विशेषज्ञ डा. विनोद अर्याल पनि आइसक्नु भएको थियो । अनि विरामीलाई तुरुन्त बेहोस पारियो र कृतिम श्वास प्रश्वासमा राखियो । स्त्रीरोग विशेषज्ञ डाक्टरहरुले तुरुन्त पाठेघर काटेर फाल्न सफल हुनुभयो । अन्तत त्यही रगत सुत्केरी विरामीको जिवन बुटी सिद्ध भयो ।
रगत अभावमा सुत्केरीको ज्यान जोखिममा भएपछि डाक्टर आफैले रगत दिएर बचाउने कोसिस गर्दैछन भन्ने खवर सवैतीर तत्काल फैलिएछ । अनि हामी अपरेशन गरेर विरामीको जीवन बचाउन ब्यस्त भैरहदा बाहीर प्रशासकिय अधिकृत द्वन्दबहादुर शाहीले विरामीको लागी आर्मी, पुलिस, विद्यार्थी र कर्मचारीहरुबाट ८ पोका रगत संकलन गर्नुभएछ ।
पाठेघर जुन फुटेर रगत बगिरहेको थियो, त्यसलाई निकालेर फाल्न करिब २ घण्टा लाग्यो । तर अपरेशन सकिन लाग्यो भनेर ढुक्क भइरहादा पनि बच्चा द्वारबाट रगतको धारा बग्न भने रोकिएन । त्यसपछि फेरी हामी सबै जना अत्तालियौ । रगत दिएका जति त्यती बगेको छ । स्त्री रोग विशेषज्ञ डाक्टरहरु पनि हतास देखिनुभयो । रगतको हृवाल हृवाल मुल फुटेको छ, कहााबाट रगत बगेको हो एकिन हुन सकेको छैन । मैले आफुलाई यति निरिह महशुस कहिले पनि गरेको थिइन । तत्कालै हामी फरक निर्णयमा पुग्यौ, पेटमा र तल दुबै तर्फ कपडाका -त्भतचब) हरुलाई प्याक गरेर केहीबेर १ घण्टा जति छोड्यौ र त्यही समयमा अरु ४ पोका रगत बन्दोबस्त गरी विरामीलाई चढायौ । एकघण्टा पछि पेटमा र तल दुबै तर्फबाट रगतको बहाव कम हुादै बन्द भयो । पेटका -त्भतचब) हरुलाई निकाल्यौ र तलको त्यति कै राखी अपरेशन पूर्ण गर्यौ । र पछि संकलित ५ पोका रगत चढाउन पाएपछि अब त सुत्केरी विरामी बचाउन सकियो भनेर हामी अत्यन्तै खुसी भयौ ।
विरामीले अझै सास फेर्न सक्ने अवस्था थिएन । तर दुर्भाग्य यहाा कृतिम श्वासप्रश्वासको लागी भेन्टीलेटर र क्ष्ऋग् को व्यवस्था नभएकोले क्रृतिम श्वास कर्मचारी र नर्सिङ्ग विद्यार्थीहरुबाट नै दिने गरी विरामीलाई वार्डमा सारियो । अनि मन अलि ढुक्क भयो । त्यसपछि सन्तोषको सास फेर्दै राती २ वजे विरामीलाई मेडिकल अफिसर डा. गणेश लाई रगत दिन र कृतिम श्वास प्रश्वासको लागि भनेर बल्ल रातीको खाना खायौ । खाना खाादा थाहा भयो कति भोक लागेको रहेछ भनेर ।
त्यसपछि जानकारी लिदा विरामीको रगत रोकियो र आफै श्वासप्रश्वास आफै गर्न सक्ने भएपछि विहान १० वजे वार्डमा पुग्दा सबैलाई चिन्न सक्ने भएको देखेर साह्रै खुसी लाग्यो । हामी डाक्टरलाई देख्दा सपना मुसुक्क मुस्कुराइ रहेकी थिइन । उनको त्यो मुस्कान जीवनको अमुल्य मुस्कान थियो । कालिकोटकी ५ वटा बच्चाकी आमा ३५ बषिर्या सपना हमालले नयाा जीवन पाएकी छन । तर उनीजस्तै भाग्यमानी भनौ वा संयोगले यस्तो अवसर पाउने महिलाहरु सवै हुादैनन । कैयौको उपचारका लागि ल्याउादै गर्दा वाटो मै ज्यान जाने गरेको छ भने कैयौले रगत अभावमा ज्यान गुमाउनु परेको छ । तर एउटा डाक्टरका रुपमा अपरेशन कक्षबाटै रगत संकलन गरेर एउटी आमा,कणर्ालीकी सुत्केरी महिला, पहाुच नभएर रगतको अभावमा ज्यान गुम्नबाट जोगाउन पाउादा मेरो डाक्टरी पेशामा लागेको ८ वर्षको सबैभन्दा सन्तुष्टीको मुस्कान थियो । मेरो खुसीको त्यो क्षण जति सुकै पैसा पाए पनि आउँदैन । आफैलाई समेत पुन्य गरे झै लागेको छ । डाक्टर भट्टराई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका एनेस्थेसियोलोजिष्ट हुन् ।