हुँगादेखि जोड्ने दुईवटा सडक र पुल तथा खानेपानीलाई मुख्य प्राथमिकतामा राखेको छु–प्रदिप ज्ञवाली

काठमाडौं। माघ १४। नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य प्रदिप ज्ञवालीले राज्यका सबै संयन्त्र अव आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।

हुँगेली समाज काठमाडौंले गरेको सम्मान कार्यक्रममा सांसद ज्ञवालीले राजनीतिक अधिकार प्राप्तिको समय सकिएकोले अव ध्यान विकास र सम्वृद्धिमा दिनुपर्ने बताउनुभएको हो । उहाँले गुल्मीको समग्र विकासमा पनि आफुले काम गर्ने बताउनुभयो । हुँगाबाट सिस्ने जोड्ने सडकको सुधार र पुल तथा चोरकाटे जोड्ने सडक स्तरोन्नती र पुलको निर्माणलाइ प्राथमिकता दिने पनि उहाँले बताउनुभयो ।

यस्तै हुँगामा बर्षोदेखिको खानेपानी समस्या समाधान गर्ने बिषयमा पनि आफु गम्भिर रहेको सांसद ज्ञवालीको भनाइ थियो । यसैगरी धेरै पुरानो र त्यसभेगका कैयौ गाविसका विद्यार्थीले अध्ययन गरेको जनजागृति उच्च माध्यामिक विद्यालयको विकास र आधुनिक भवन निर्माणलाई पुर्णता दिने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

आफुलाइ निर्वाचित बनाएकोमा गुल्मी क्षेत्र नम्वर १ का सवै मतदातालाइ धन्यवाद दिदै उहाँले निर्वाचन सकिएसँगै दलीय प्रतिष्पर्धा सकिएकोले आफुले कसैलाइ पनि दलीय काखापाखाबाट नहेर्ने बताउँदै प्रतिष्पर्धाको चरण सकिएको र सहकार्यको समय शुरु भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा हुँगेली समाजका अध्यक्ष दिलबहादुर थापाले गुल्मी क्षेत्र नम्वर १ ले बौद्दिक र राष्ट्रिय ब्यक्तित्वलाई सांसदका रुपमा पाएको भन्दै गुल्मीको विकाससँगै समग्र मुलुकको सम्वृद्धिमा आगामी सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

समाजका महासचिव नुर भण्डारीले हुँगाका कैयौ समस्याहरु बर्षौदेखि समाधान हुन नसकेको भन्दै समस्या समाधान र विकासका लागि काम गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

हुँगली समाजले स्थापनाकाल देखि नै आफ्नो क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिसभाका सांसदहरुलाई सम्मान गर्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.