नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएलका लागि छानिए

काठमाडौं। माघ १४। नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आईपीएल खेल्न पाउने भएका छन् ।

वलर लामिछानेलाई दिल्ली डेयरडेभिल्सले अक्सनमा २० लाखमा किनेपछि अव उनी आइपिल खेल्न पाउने भएका छन् । आईपीएल टिममा आवद्ध हुने सन्दिप पहिलो नेपाली क्रिकेटर हुन् । उनी अक्संनमा २ सय ७६ औं नम्वरमा थिए ।

आइतबार बैंग्लोरमा भएको दोस्रो दिनको अक्सनमा १७ वर्षिय क्रिकेटर सन्दिपलाई दिल्लीले २० लाखमा किनेको हो । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, लगायतका खेलाडी छन् ।

सन्दिप विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि नेपाली टोलीसँगै शनिबार युएई गएका छन् । सन् २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकपबाट उमेर समूहको नेपाली टोलीमा सन्दीपले डेब्यु गरेका थिए।

नेपाली युवा खेलाडी पहिलो पटक आइपिएलमा परेपछि सन्दिपलाई सामाजिक संजालमा बधाइदिनेहरुको धुइरो लागेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.