नेपालले पनि अव आफ्नै भूउपग्रह अन्तरिक्षमा पठाउने

बुटवल । माघ १६ । नेपालले पनि अव आफ्नै भूउपग्रह अन्तरिक्षमा पठाउने भएको छ । जापानको एक विश्वविद्यालयको सहयोगमा अको दुइ बर्षभित्रै नेपालको आकाशमाथि नेपाली भूउपग्रहले फन्को मार्नेछ ।

तयारी सफल भएमा अन्तरिक्षमा पहिलो भूउपग्रह पुगेको झण्डै ६३ बर्षपछि नेपाली भूउपग्रह अन्तरिक्षमा पुग्नेछ । नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति जीवराज पोखरेले त्यसको पुष्टी गर्दै आगामी वर्ष सन् २०१९ को अन्त्यसम्ममा उपग्रह अन्तरिक्षमा पठाउने गरि तयारी भइरहेको जानकारी दिनुभयो ।

नाष्टका अनुसार १५ वर्षसम्म नेपालको अन्तरिक्ष कक्षमा घुम्ने सो उपग्रहले मौसम, वातावरण लगायतका गतिविधिका तस्वीरहरु पृथ्वीमा पठाउने छ । अन्तरिक्षमा भूउपग्रह पठाउन नेपाल सरकारले १ करोड ७९ लाख रुपैयाँ छुट्टाइसकेको छ ।
त्यसैगरी दुई जना नेपाली वैज्ञानिकलाई प्रशिक्षणका लागि जापान पठाइदैछ । अन्तरिक्षमा उपग्रह नपठाएका देशहरुलाई पठाउन सहयोग गर्दै आएको जापानको क्यूसु इन्सिटच्युट अफ टेक्नोलोजीको सहयोगमा जापानमै निर्माण गरिने १० किलो तौल भएको उक्त उपग्रहलाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिने छ ।

सबैभन्दा पहिले रुसले १९५७ मा स्पुटनिक नामको उपग्रह अन्तरिक्षमा पठाएयता विश्वका शक्तिशाली देशहरुले ६ हजारभन्दा बढी उपग्रहहरु अन्तरिक्षमा पठाइसकेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.