सेतो स्पोटर्स जुत्तामा कालोपालिसले राजनीति शुद्द होला?

काठमाडौं । माघ १६ । राजनीतिलाइ शुद्दीकरण गर्ने भन्दै काँग्रेसका केही नेताले राजधानीमा मंगलवार केहीबेर जुता पालिस अभियान चलाए ।

राजनीति शक्ति र धन आर्जन गर्ने माध्यम भएको भन्दैल व्यङग्य केही नेताहरुले जुत्तामा पालिस लगाएका हुन् ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित प्रतिष्ठानले चलाएको अभियानमा काँग्रेस नेताहरु चन्द्र भण्डारी,धनराज गुरुङ लगायत समेत सहभागी थिए ।

राजनीतिक व्यवस्था परिवर्तन भएपनि नेतृत्व जनअपेक्षा विपरित गएकाले शुद्धिकरणका लागि अभियान चलाउनु परेको आयोजकले बताएका छन् ।

तर सेतो स्पोर्टस सुजमा कालो पालिस दलेको देखेर कतिपय सर्वसाधारणले भने उल्टै ‘नपाएर आएका’ भन्दै उनीहरुकै ब्यङ्ग्य गरेका थिए ।

जुता पालिस गरेर उनीहरुले केही रकम समेत संकलन गरेका छन् । जुत्ता पालिस गरेर ब्यवस्था र सरकारको विरोध सांकेतिक रुपमा पञ्चायत कालमा पनि हुन्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.