भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा, एमालेको रात्रीभोज

नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका लागि विहिवार अपरान्ह काठमाडौं आईपुग्नु भएको छ ।

विदेशमन्त्री स्वराज विशेष विमानबाट अपरान्ह साढे ४ बजे काठमाडौँ आईपुग्नु भएको हो । स्वराजसँगै भारतीय विदेशसचिव सहितको प्रशासनिक टिम पनि नेपाल आएको छ ।

नयाँ सरकार गठनको तयारी भैरहँदा विदेशमन्त्री स्वराजलाई नेपाल पठाएर भारतले सम्वन्ध सुधार्न खोजेको कुटनीतिज्ञहरुको बुझाइ छ । होटल सोल्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग स्वराजको विहिवार नै भेटवार्ता छ ।

स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज आयोजना गरि भेटवार्ताको ब्यवस्था मिलाएको हो । स्वराजसँग रात्रीभोज सहित भेटघाटको कार्यक्रम राखिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

स्वराजले बिहिवार नै मधेशकेन्द्रीत नेताहरुलाइ भेट्ने कार्यक्रम पनि छ । त्यसपछि शुक्रवार विदेशमन्त्री स्वराजले १२ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ भने साढे १२ बजे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वराजले भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वराजको भ्रमण आकस्मिक जस्तो ।

नेपाली पक्षलाई विदेशमन्त्री स्वराजको भ्रमणका बिषयमा भारतले तीन दिनअघि मात्र जानकारी गराएको थियो । स्वराज भोली अपरान्ह चार बजे स्वदेश फर्कनुहुने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.