भष्ट्राचार नियन्त्रणम सबैको सहयोग आवश्यक बस्न्यात

 

बुटवल । अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले भष्ट्राचार नियन्त्रणम सबैको सहयोग आवश्यक भएको बताएका छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोग बुटवल कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रमुख आयुक्त बस्न्यातले सबैको सहयोगले मात्रै भष्टचार नियन्त्रण हुने बताए ।
प्रमुख बस्न्यातले भष्ट्राचार नियन्त्रण गर्नमा अख्तियारको एक्लो भूमिकाले सम्भव नहुने भन्दै निजामति कर्मचारी र पत्रकारहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए । अख्तियारले संघीय संरचना अनुरुप प्रादेशिक कार्यालयहरु पनि स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिए । हाल दश वटा क्षेत्रमा रहेका कार्यालय निकट भविष्यमै सात प्रदेशमा ढालिने उनले बताए ।
आयोगको काम संघीय संरचनामा झन बढ्ने भन्दै उनले त्यसको हरेक प्रकारबाट तयारी भइरहेको जानकारी गराए । भवन उद्घाटन कार्यक्रममा बोल्दै अख्तियारका सचिव राजन खनालले देशको धेरै बजेट खर्च हुने स्थानीय सरकारको विकास निर्माणमा अख्तियारका कर्मचारीको ध्यान जानुपर्ने बताए । त्यस्तै प्रदेश नम्बर ५ का प्रमुख सचिव शंकर पाठकले प्रदेश नम्बर ५ लाई भष्टारमुक्त बनाउन आफ्नो महत्वपूर्ण काम हुने बताए । अख्तियार पोखरा कार्यालयका प्रमुख यदु प्रसाद पन्थीका अनुसार नवनिर्मित भवन ५ करोड ८८ लाख लागतमा भवन निर्माण भएको हो । अख्यियारले सातै प्रदेशमा नया भवन निर्माण गरिरहेको उनले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.