राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्ता

काठमाडौँ माघ १९ l सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री महामहिम श्रीमती सुष्मा स्वराजले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित भारतका महामहिम राजदूत, नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्तापछि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभयो ।

नेपाल भ्रमणमा रहनु भएकी सुष्मा स्वराज र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि भेटवार्ता भएको छ । भेटमा संविधान कार्यान्वयन र दुई देश विचको सम्वन्धका बिषयमा छलफल भएको छ ।

भेटमा दाहालले विगतमा पनि भारतीय पक्षको सहयोग र सद्भाव रहि रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै विदेशमन्त्री स्वराजले भारत सरकारले दिदै आएको सहयोग निरन्तर रहने वताउनुभएको थियो । यस्तै विदेश मन्त्री स्वराजले संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग भेटवार्ता गर्नुभएको थियो ।

हिजो काठमाडौं आइपुगे लगत्तै स्वराजसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.