पाँच नम्वरको पहिलो अधिवेशन बुटवलमा प्रारम्भ

माघ २१,संघीय संरचना अनुसार नेपालले अपनाएको प्रदेशसभाको औपचारिक प्रकृया पाँच नम्बर प्रदेशमा आइतवार शुरु भएको छ ।

पाँच नम्वरको पहिलो अधिवेशन अस्थायी मुकाम बुटवलमा आइतवार दिउँसो १ बजेपछि प्रारम्भ भएको हो । कडा सुरक्षा व्यवस्थाकाबीच शुरु भएको प्रदेश सभा अधिवेशनमा प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाउनु भएपछि बैठक प्रारम्भ भएको हो ।

बैठकले यहि माघ २८ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी अन्तरिम कार्यविधि पनि बैठकले पारित गर्नेछ । शहिदको सम्झना र राष्टिय गान बजाएर शुरु भएको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले संबोधन गरेका छन ।

५ नम्बर प्रदेशबाट नेकपा एमाले ४१, नेपाली कांग्रेस १९, माओवादी केन्द्र २०, संघीय समाजवादी फोरम ५, राष्ट्रिय जनता पार्टी १ र राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् । पाँच नम्वर प्रदेशमा नवलपरासी पूर्व, रुपन्देही, कपिलबस्तु , गुल्मी, अर्घाखाँची, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान जिल्ला रहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.