प्रदेशसभामा उठ्यो समृद्धिका कुरा, सभामुख चयन फागुन २ गते हुने

बुटवल,माघ २१ ।
बहुपतिक्षित प्रदेशसभा ५ को पहिलो बैठक प्रदेश मुकाम बुटवलमा भएको छ । सभामा बोल्ने नेताहरुले प्रदेश राजधानीलाइ मुलुककै नमुना बनाउने समेत उद्घोष गरेका छन् ।
ठिक १ बजेर ४ मिनेटमा शुरुभएको सभामा सभामुखले सबैभन्दा पहिले १५ मिनेटको समय एमालेका नेता तथा भावि मुख्य मन्त्री मानिएका शंकर पोखरेल बोलेका थिय ।
पोखरेलले प्रदेशका सबै जिल्लाहरुका धार्मिक एवं एतिहासिक महत्व बोकेका स्थानहरुको स्मरण गरेकाथिए । उनले सबैको प्रयासमा समृद्धिको हिसाबले पांचनम्बर प्रदेश मुलुकको एक नम्बर बनाउन सकिने बताएका थिए ।
प्रदेशको समृद्धि र विकास पर्यटकीयस्थलबाट नै हुने बताए । उनले सबैजना एकसाथ अगाडि बढे यस प्रदेशलाई मुलुकमै एक नम्बर प्रदेश बनाउन सक्ने बताए ।
पोखरेलले कम समयमा धेरै कानुन पनि निर्माण गर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।
बैठकमा दोश्रँे बक्ताका रुपमा माओवादीका कुलप्रसाद शर्माले प्रदेश राजधानी बुटवल राखिएकोमा आपत्ती प्रकट गरे । उनले बलेको आगो निभाउन तर्फ प्रदेशसभा लाग्नुपर्ने बताए ।
कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले सबै मिलेर बिकास अघि बढाउनुपर्ने बताए । उनले सरकारले तीन तहको निर्बाचन गरेर मुलुकमा नया समृद्धिको ढोका खोलेकोमा धन्यबाद दिए ।
संघीय समाजवादी फोरमका सहश्राम यादवले सबै नागरिकलाइ समेट्ने कानुन बनाउनुपर्ने बताए । जनमोर्चाकी तारा केसीले बोल्दै मुलुक समृद्धि बनाउनुको बिकल्प नभएको बताइन् ।

सभामुख चयन फागुन २ गते हुने
पहिलो बैठक २ बजे सकिएको हो ।अबको अर्काे बैठक फागुन २ गते बस्नेगरि स्थगित भएको छ । बैठकले सभामुखको निर्बाचन प्रकृया फागुन २ गते दिउसो १ बजेपछि शुरु हुनेछ ।
रुपन्देहीका जेष्ठ सदस्य ७९ बर्षिय बलदेव शर्मा पोखरेलले पहिलो बैठकको सभामुखको भूमिका निर्वाह गरे ।
यी हुन् पहिलो बैठकका तीन निर्णय
कडा सुरक्षा ब्यवस्था सहित बुटवलमा बसेको प्रदेश नम्वर पाँचको पहिलो प्रदेशसभा बैठकले यहि माघ २८ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ । व्यापक उत्साह र कडा सुरक्षा सहित बुटवलमा शुरु भएको प्रदेशसभाको पहिलो अधिवेशनमा राष्ट्रिय गीत बजाउनुका साथै शहिदको सम्झना गरिएको थियो । चिटिक्क सिंगारिएको उद्योग वाणिज्य संघको हलमा सभामुखको हैसियतले जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाले पठाउनु भएको अधिवेशन आब्हानको पत्र पढेर सुनाएपछि बैठक प्रारम्भ भएको हो । बैठकले यहि माघ २८ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी सभामुख चयन र नयाँ कार्यविधि नभएसम्मका लागि अन्तरिम कार्यविधि पनि बैठकबाट पारित भएको छ ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सम्वोधन गर्ने प्रदेशसभा सदस्यहरुले संघीय शासन व्यवस्थाको स्थायित्व र प्रदेशको विकास तथा सम्वृद्धिका पक्षमा धारणा राखेका थिए । संघीय संसदको पहिलो वैठक भएकोले प्रदेशसभा सदस्यहरु पनि खुसी देखिन्थे
अन्तरीम प्रदेशसभा सञ्चालन कार्यविधि,सभामुखको निर्बाचन मिति तय र सभामुख र उपसभामुखको अनुपस्थितीमा संसद संचालनका लागि ५ सदस्यिय समिति निर्माण गरेको हो । सो समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।
५ नम्बर प्रदेशबाट नेकपा एमाले ४१, नेपाली कांग्रेस १९, माओवादी केन्द्र २०, संघीय समाजवादी फोरम ५, राष्ट्रिय जनता पार्टी १ र राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् ।
यो प्रदेशमा रुपन्देही सहित बाके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी,अर्घाखाची, पाल्पा, नवलपरासी पूर्व र कपिलबस्तु जिल्ला रहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.