प्रदेश ४ मा पहिलो वैठक आज मुख्यमन्त्री र एमालेले संसदीय दलको नेता माघ २८ गते नै चयन गर्ने

 

२८ गते एमालेले संसदीय दलको नेता चयन गर्ने
माघ, पोखरा । नेकपा एमालको प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेता माघ २८ गते चयन गर्ने निर्णय गरेको छ ।
आइतबार पोखरामा बसेको बैठकले संसदीय दलको नेता छान्न ३ सदस्यीय कमिटी पनि गठन गरेको छ । ‘२८ गते बैठक बसेर संसदीय दलको नेताको छान्ने प्रक्रिया सुरु गर्ने निर्णय भएको छ,’

एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीको अध्यक्षतामा अधिवक्ता सुरेन्द्र थापा मगर र कमल अर्याल सदस्य रहने गरी निर्वाचन कमिटी गठन भएको छ ।
पलिो प्रयास सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने हुनेछ तर सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने एमालेको योजना बनाइको छ । एमाले संसदीय दलको नेताबन्ने व्क्ती, नै मुख्यमन्त्री बन्नेछन् । प्रदेशको ठूलो दल एमालेलाई मुख्यमन्त्री र गठबन्धनको माओवादीलाई सभामुख दिने गरी समति गरिएको छ ।
एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार को रुपमा रहेका छन् । संसदीय दलको नेताका लागि उनीहरुबीच नै प्रतिस्पर्धा हुने छ ।‘
।’
प्रदेश नम्बर ४ को संसदमा ६० जना प्रदेश सभा सदस्य छन् । ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक सांसद छन् । प्रदेशसभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे रहेका छन् ।
बैटक सदस्य सिर्जना शर्माको अध्यक्षतामा संसदीय बैठक बसेको यिो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.