सौराहामा भ्यालेनटाईनमा रुपन्देहीबाट पर्यटक ओईरिने विश्वास

बुटवल, माघ २३–

चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना हुन लागेको १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा छिमेकी जिल्ला रुपन्देहीबाट पनि दर्शक ओइरिने विश्वास गरिएको छ । आज प्रचार–प्रसारको क्रममा बुटवल आईपुगेको क्षेत्रीय होटल संघ (रेवान) सौराहाको टोलीले पत्रकार सम्मेलन गरि रुपन्देहीबासीलाई निम्तो दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रेवान केन्द्रीय उपाध्यक्ष तथा सौराहा रेवानका निर्वतमान अध्यक्ष लालबहादुर भट्ठ (राजन) ले विगतमा पनि यस जिल्लाबाट आन्तरिक पर्यटकहरु आउने गरेको भन्दै यसवर्ष पनि उत्तिकै मात्रामा आन्तरिक पर्यटकहरु आउनेमा विश्वास व्यक्त गर्नुभयो । यसका लागि संचारमाध्यमहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै रेवान सौराहा अध्यक्ष गोकर्ण गिरीले यस पटकको फेस्टिवलमा केही फरक पन पाउने बताउनुभयो । उहाँले भ्यालेनटाईनमा मानिसले मात्रै मनोरञ्जन लिने गरेकोले यसपटक सौराहामा रहेका हात्तीहरुलाई सामुहिक पिकनिकको कार्यक्रम राखिएको जानकारी दिनुभयो । उहाँले फेष्टिवलको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपांगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने जानकारी दिनुभयो ।
स्वागत मन्तव्य व्यक्त गर्दै रेवान सौराहामा प्रथम उपाध्यक्ष दिपेन्द्र खतिवडाले ‘प्राकृतिक सौन्र्दयता चितवन सौराहाको विशेषता’ भन्ने नारासहित ५ दिन सम्म चल्ने फेष्टिवलमा स्वेदशी तथा विदेशी विभिन्न खानाको स्वादमा साँस्कृतिक प्रस्तुतीमा रमाउन सकिने बताउनुभयो । उहाँले रुपन्देहीबासीलाई फेस्टिवलमा आउन निम्तो दिनुभयो ।
१२ औं सौराहा फुडफेस्टिवलका संयोजक कपिल रेग्मीले आन्तरिक पर्यटकहरुलाई लक्षित गरि प्रचार–प्रसार गर्न देश दौडामा लागेको जानकारी दिनुभयो ।

१२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा आन्तरीक पर्यटकहरुलाई सौराहामा निम्ता बाड्दै सौरेली रेवान टोली देशदौडाहमा निस्किएको हो ।
यो पटक फेष्टिवलमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गरिएका छ । सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि फुड फेसष्टवल गरिदै आएको छ ।
यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने उनको भनाइ छ ।
फेष्टिवल अवधिभर सांगीतिक कार्यक्रमबाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगिता गरिदैछ । फेस्टिवल यही माघ २८ देखि फागुन ३ गतेसम्म चल्दैछ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.