रौतहटमा नमुना बस्ती निमार्ण

 

बुटवल । धुर्मुस(सुन्तली फाउण्डेसनले बाढीबाट बिस्थापित भएका बाढीपीडित परिवारका लागि रौतहटमा नमुना बस्ती निमार्ण गरेको छ । उक्त बस्ती मगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्नुभएको हो । पाँच करोड ९५ लाख रुपैयाँ खर्च लाग्ने अनुमानका साथ निर्माण कार्य सुरु भएको यो बस्ती निर्धारित समय अगाडि नै सम्पन्न भएको छ ।
घर हस्तान्तरण भएपछि बस्तीका माझी, मुसहर, दुसाद, लोहार र हजाम जातिका ४७ बिपन्न परिवारले एक एक वटा घर पाएकाछन् ।
भूकम्प प्रतिरोधी दुई तले चार कोठे ४७ वटा घर सहित एक सामुदायिक भवन, एक मन्दिर, एक विद्यालय, सार्वजनिक धारा र पूरै बस्ती अवलोकन गर्ने एउटा भ्यू टावर लगायतका भौतिक संरचना निर्माण भएकाछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नमुना बस्ती समुदायलाई हस्तान्तरण गरेपछि यस बस्तीका बासिन्दा खुशी भएका छन् । राष्ट्रपति भण्डारीले बस्ती निर्माण गरी राष्ट्रलाई सहयोग गरेकोमा धुर्मुस(सुन्तलीको प्रसंशा गर्नुभयो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.