श्रीपुष्प बहुउद्देश्यीय तथा ऋण सहकारी संस्थाद्वारा पचास लाख रुपैया स्वरोजगार कर्जा हस्तान्तरण

बुटवल । बुटबल ७ दिपनगरमामा रहेको श्रीपुष्प  बहुउद्देश्यीय तथा ऋण सहकारी संस्था बुटवलले आफना शेयर सदस्य मध्येबाट २७ जना युवा सदस्यहरुलाई पचास लाख रुपैया स्वरोजगार कर्जा हस्तान्तरण गरेको छ । १३ जनालाइ यसअघि नै हस्तान्तरण गरिएको र आज थप १४ जनालाई रकम हस्तान्तरण गरिएको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबाट प्राप्त रकम आज एक कार्यक्रमवीच संस्थाका अध्यक्ष चरण तिमिल्सेना ले युवा उद्दमशीलता र व्यवसायका लागि हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा
सहकारी संस्थाले युवाहरुलाई स्वरोजगार बनाउन आत्मनिर्भर र सामाजिक रुपमा एकतावद्ध बनाउनका लागि कोषको रकम सुलभ ब्याजदरमा बितरण गरिएको जनाएको छ । अध्यक्ष चरण तिमिल्सेना उपाध्यक्ष युवराज अमगाई सचिव कल्पना थापा बिष्णु थापा व्यबस्थापक सरस्वति न्यौपाने लगाएत बोल्दै लगनसिल भएर व्यबसाय गरे राम्रो मुनाफा आर्जन हुने भन्दै व्यबसाएको उन्नति सगै समयमै कर्जाको भुक्तानि गरेर असल व्यबसाही बन्न आग्रह गर्नु भयो । सहकारीले सरकार र स्थानीय तहसंग मिलेर सामुहिक उद्यम व्यवसायमार्फत युवाहरुलाई रोजगारी र उद्यमव्यवसायमार्फत स्थानीय स्रोतसाधनहरुको सदुपयोग गर्न सकिने बताइएको छ । दीगो उद्यमव्यवसायमार्फत आयात प्रतिस्थापन गर्न सकिने, आर्थिक रुपमा पछि परेका समुदायलाई आर्थिक सामाजिक रुपान्तरणको मूलप्रवाहमा ल्याउन सकिने पनि बक्ताहरुले बताएका थिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.