सुपर मोडेलको तयारी पुरा

बुटवल, २६ माघ
लियो क्लब अफ तिलोत्तमा भृकृटि टाउनको आयोजनामा प्रदेश नं. ५ कै पहिलो सुपर मोडेल प्रतियोगिता हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सबै तयारी पुरा भएको कार्यक्रमका संयोजक एमडी न्यौपानेले बताए । प्रतियोगितामा पुरुष र महिला गरि दुई क्याटगरीमा विजेताहरु घोषित हुने उनले बताए । प्रतियोगिताको पुरुष र महिला उपाधि विजेताले नगद ५०÷५० हजार, म्युजिक भिडियो र गिफट हेम्पर प्राप्त गर्नेछन । यसैगरि प्रतियोगिताको फष्ट रनर अपले ३५÷३५ हजार र सेकेण्ड रनरअपलाई २०÷२० हजार र गिफट हेम्पर प्राप्त गर्नेछन ।
अडिसन फागुन ४ गते नेपालगंज, ५ गते दाङ्ग र १० गते बुटवलमा गरिने उनले बताए । विभिन्न चरणहरुमा गरिने कार्यक्रमबाट अन्तिम चरणमा १५÷१५ जना प्रतियोगिबाट विजेता छनौट हुने क्लबका अध्यक्ष रन्जन पराजुलीले बताए । एक महिना लामो आयोजना हुने कार्यक्रममा अडिसन सकेपछि सहभागिहरुलाई २० दिनको तालिम दिईने उनले बताए । प्रतिभालाई स्थानियबाट खोजेर प्रदेश र राष्ट्रिय स्तरमा स्थान पाउने उनले बताए । प्रतियोगितामा ट्यालेन्ट, फिजिक्स र सेमी जज राउण्ड हुने उनले बताए । प्रतियोगितामा राष्ट्रिय रुपमा ख्याती कमाएका ब्यक्तित्वलाई ल्याईने उनले बताए । प्रतियोगितामा १६ देखि २४ वर्ष उमेरका युवाहरुले प्रतियोगितामा सहभागि बन्न सक्ने छन । करीब १२ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा विभिन्न सहयोगदाताहरुले सहयोग गर्ने उनले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.