रोटरी क्लब जेष्ठ नागरिक मञ्च एम्स ईङलिस स्कुलको संयुक्त आयोजनामा बुटवलमा निशुल्क स्वास्थ्य शिवीर

 

माघ २८
रोटरी क्लब अफ सेन्ट्रल बुटवल, प्रँैढ समाज तथा जेष्ठ नागरिक मञ्च र एम्स ईङलिस स्कुलको संयुक्त आयोजनामा बुटवलमा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधीक सहयोगमा सम्पन्न भएको शिवीरमा ४ सय ७६ जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको अस्पतालले जनाएको छ ।
शिविरमा ४ सय १ जनाको इसिजी, २ सय २ जनाको ईको, ३ सय ३४ जनाको ल्याब र ३२ जनाको पिएफटी परिक्षण गरिएको अस्पतालका उपाध्यक्ष एवं रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रामप्रसाद बस्यालले जानकारी दिए ।
प्रौढ समाज तथा जेष्ठ नागरिक मञ्च बुटवल ९ का अध्यक्ष तिलकराम पौडेलको अध्यक्षता, हेम बहादुर पछाईको संचालन तथा भरतराम भट्टराईको स्वागतमा सम्पन्न भएको शिवीरको उद्घाटन गर्दै बुटवल वडा नं. ९ का अध्यक्ष्ँ विष्णु बहादुर थापाले बुटवल बजार भित्र रहेर पनि नियमित स्वास्थ्य परिक्षण नगरेकाहरुले निशुल्क शिवीरबाट लाभ लिन सक्ने बताए ।
अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले बत्तिमुनिको अन्धकार भनेजस्तै बुटवल भित्र रहेका धेरै व्यक्तिहरुमा नियमित स्वास्थ्य परिक्षण नगर्दा गम्भिर समस्या देखिने गरेको बताए ।
कार्यक्रममा एक्स स्कुलका गोपाल न्यौपाने, विमला श्रेष्ठ लगायतले नियमित स्वास्थ्य परिक्ष्ँण गरि आफ्नो स्वास्थ्यअवस्था बारे जानकारी लिन सबैलाई आग्रह गरेका थिए ।
शिवीरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमको नेतृत्वमा अन्य मुटुरोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत गरी ४५ जना बढि स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य परिक्षण गरेको अस्पतालले जनाएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.