यहि हो स्थायी अब सर्दैन प्रदेश राजधानि उपमहासचिव विष्णु पौडेल

 

बुटवल, माघ २८
नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधीसभा सदस्य विष्णु पौडेलले प्रदेशको स्थायी राजधानीपनि रुपन्देही हुने दावी गरेका छन् । उनले सिंगो प्रदेशको अवस्था र विवेचनाबाट नै प्रदेशको केन्द्र चयन गरिएकोले रुपन्देही उपयुक्त स्थान रहेको बताए ।
पश्चिम नेपाल बस व्यवसायी संघको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको आईतवार उद्घाटन गर्दै नेता पौडेलले रुपन्देही अन्य क्षेत्रको तुलनामा विकासमा केहि अगाडी रहेपनि समग्र ५ नं. प्रदेशलाई नै विकासको दृष्टिले सम्वृद्ध नमुना प्रदेश बनाउने बताए ।
पांच नंं प्रदेशमा रहेका तिनवटा शहरहरु बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तिनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।
पुर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले यसक्षेत्रमा संचालित विकासका परियोजनाहरुमा कुनै हेलचेक्राई नगर्न आग्रह गरे । पूर्वाधार निर्माणमा श्रँेतको कमि हुन नदिने भन्दै निर्माण आयोजना समयमा नसक्ने र गुणस्तरमा हेलचेक्राई गर्ने निर्माण कम्पनीलाई कारबाही हुने चेतावनी दिए ।
उनले यातायात क्षेत्र सेवामुलक व्यवसाय भएकोले सर्वसाधारण यात्रुहरुलाई दिने सेवालाई पहिलो जिम्मेवारी सम्झन आग्रह गरे । उनले धेरै समस्या र व्यवधानका विच यातायात क्षेत्र गुज्रिएकोले समस्या समाधानको लागि नीतिगत प्रबन्ध मिलाउन आफुले पहल गर्ने बताए ।
संघका अध्यक्ष दधिराम खरेलले ईन्धन, लुब्रिकेन्ट तथा सवारीका पार्टस्हरुमा निरन्तर मुल्यवृद्धि भईरहंदा पनि सरकारले वैज्ञानिक भाडादर समायोजन नगर्दा व्यवसायी मारमा परेको बताए ।
उनले सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघविच २०६९ सालमा भाडा समायोजनको लागि भएको सहमती ६ वर्षसम्म पनि कार्यान्वयन हुन नसकेको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य देवेन्द्रराज कंडेल, संघका पूर्व अध्यक्षहरु सुर्य बहादुर भट्टराई, चोपनारायण श्रेष्ठ, नेपाली कांग्रेसका युवराज गिरी, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम लगायतले बोल्दै यातायात व्यवसायलाई मर्यादित बनाउन सुझाव दिएका थिए ।
संघका महासचिव जिवन कुमार बञ्जाडेको संचालन तथा वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा संघमा आवद्ध व्यवसायीका छोराछोरी मध्ये लुम्बिनी अञ्चलका सबै जिल्लाबाट एसईई परिक्ष्ाँ २०७३ मा उत्कृष्ट हुने एकएक जना छात्रछात्राहरुलाई जनही नगद १० हजार तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
त्यसैगरी वर्षभरी अनुशासित रुपमा सवारी साधन संचालन गर्ने र दुर्घटना नगर्ने सवारी चालकहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
यसैविच पश्चिम नेपाल बस व्यवसायी संघले समाचारको माध्यमबाट यातायात क्षेत्रको सुधार, विकास र प्रवद्र्धनको लागि महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार विष्णु घिमिरेलाई सम्मान गरेको छ ।
लामो समयदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार घिमिरेलाई नगद १० हजार सहित सम्मानपत्र द्धारा सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एमाले उपमहासचिव विष्णु पौडेल र संघका अध्यक्ष दधिराम खरेलले पत्रकार घिमिरेलाई टिका र माला लगाईदिएर सम्मानपत्र प्रदान गरेका थिए ।

यता संघको आगामी नेतृत्वको लागि व्यवसायीहरु मतमाग्न व्यस्त बनेका छन् । नयां नेतृत्वको लागि सोमबार निर्वाचन हुदै छ । नेतृत्वको लागि बामगठबन्धन र नेपाली कांग्रेसको दुई प्यानल बिच प्रतिष्प्रर्धा हुंदै छ ।
बामगठबन्धन प्यानलको नेतृत्व बर्तमान अध्यक्ष दधिराम खरेलले गरेका छन् भने नेपाली कांग्रेस प्यानलको नेतृत्व पुर्व अध्यक्ष दामोदर ज्ञवालीले गरेका छन् । खरेल नेतृत्वको बामगठबन्धनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण घिमिरे, उपाध्यक्षमा जिवनकुमार बञ्जाडे र गोपाल बहादुर पौडेल, महासचिवमा पोष्टराज गौतम, सचिवमा रामचन्द्र भुसाल, सहसचिवमा चेतनारायण बेल्बासे र गोविन्द कंडेल र कोषाध्यक्षमा मोहन पिएस रहेका छन् ।
त्यस्तै ज्ञवाली नेतृत्वको कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण बेल्बासे, उपाध्यक्षमा उपेन्द्रमान श्रेष्ठ र लालबहादुर शाह गुप्ता, महासचिवमा पदमराज गाहा, सचिवमा कुश्माखर रेग्मी, कोषाध्यक्ष्ँ कृष्णप्रसाद पाण्डे, सहसचिवमा सुरेन्द्र श्रेष्ठ र शोभाखर भण्डारीको उम्मेदवारी परेको छ ।
सदस्यहरुमा १५ रुटबाट २२ सदस्यको लागि ४७ जनाको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ । समितीमा २ हजार ३ सय ८९ मतदाता रहेका छन् ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.