प्रदेश नम्मर ५को सभामुखमा पूर्णबहादुर घर्ती निर्बिरोध

 

(प्रदेश नम्बर ५ को सभामुख माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्ती
मगरको उम्मेदवारी परेको छ । वाम गठवन्धनले रुकुम पूर्वबाट निर्वा्चित सांसद
घर्तीको उम्मेदवारी प्रदेश नम्बर ५ को प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता
गराएका हुन् ।
घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने छन् भने
सर्मथकमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेका छन् ।
यो प्रदेशमा एमाले–माओवादीसँग स्पष्ट बहुमत छ । घर्ती सभामुख बन्ने
पक्का पक्की देखिएको छ ।

सभामुख चयनका लागि बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दैछ । बुधबार
बस्ने दोस्रो बैठकको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव
सुरेन्द्र अर्यालले जानकारी दिए ।
उम्मेदवारी दर्तापछि घर्तीले पदीय जिम्मेवारी अनुरूप काम गर्ने बताए । ‘पदीय
जिम्मेवारी अनुरूप प्रदेशसभाको गरिमालाई बढाउने गरी काम गर्ने घर्तीले
बताएका छन ‘निष्पक्षरूपमा काम गर्ने मेरो सोच छ । त्यही अनुरूप नै प्रदेश नम्बर ५
को संसदलाई अगाडि बढाउने छु ।’
उम्मेदवारी मनोनय दर्ता गर्ने समय मंगलबार साँझ ५ बजेसम्म थियो । कसैको उमेद्धारी नपरे,पछि घति निर्विरोध हुने निर्वा्चित भएको हो । ५ बजे सम्म अरुको उमेद्धार नपरेको संसद् सचिवालयले जनाएको छ । भोली बुधबार १ बजे बस्ने बैठकले प्रक्रिया पुरा गरे पछि घर्ति सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.