श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, भक्तजनको घुईचो

 

हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा गरिएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लागेको थियो । धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु नवलपरासी अर्घाखाचि लगायतका जिल्ला र भारत समेत बाट हजारौ भत्तजन धाममा रहेको पशुपति नाथको दर्शगरेको बताउनु भयो । भत्तजन हरुले आफुहरु पशुपतीनाथको दर्शन गर्नुकासाथै धाममा रहेको मानसरोवरकुण्ड,कैलास पर्वत ,शनिदेव र भैरवदेको मन्दिरमा एकैसाथ दर्शन गर्नपाउदा अत्यन्त खुसिभएको बताए थिय । दिनभर भिड बढेपछि धाममा भत्तजनहरुले धण्टौलाईनमा वसेर पुजा गरेका थिए । केहिबर्ष अगाढी निर्माण गरेको धाममा भत्तजन को घुईचो लागेपछि आफुहरु अत्यन्त उत्साहित भएको जेष्ठनागरिक मिलनकेन्द्रका अध्यक्ष खेमपुनले बताउनु भयो । धामले धार्मिक प्रर्यटकिय स्थलको रुपमा विकास गर्न गुरुयोजना बनाएर काम गरीरहेको धामका महासचिव केशब प्रोखरेल ले बताउनु भयो । गुल्मेली सम्पर्क समाज रुपन्देहिको नेतृत्वमा श्रृड्डेश्वरधाम निर्माण गरीएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.