प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा दिने तयारी

 

बुटवल । फागुन २। प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत राजीनामा दिने तयारी गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम राष्टपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेपछि प्रधानमन्त्री राजीनामा दिने मुडमा पुग्नुभएको हो । उहाका सहयोगीहरुले प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको बताएका छन् ।तर आयोगले आज अन्तिम सूची सहितका परिणाम राष्टपतिलाइ नबुझाएमा भने प्रधानमन्त्रीले भोली बालुवाटारबाट राजीनामाको घोषणा गर्नुहुने बताइएको छ ।

यसैबीच आयोगले भने आजै परिणाम राष्टपतिलाई बुझाउने तयारी गरेको छ । काँग्रेस र राजपा नेपालले सच्चाइएको सूची दिए लगत्तै आयोगले अन्तिम परिणम सार्वजनिक गर्ने तयारी गरेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.