एमाले अध्यक्ष ओली नयाँ प्रधानमन्त्री नियुक्त

बुटवल । फागुन ३ । राष्टपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ प्रधामन्त्री पदमा नियुक्त गर्नुभएको छ । आज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका
माननीय सदस्य श्री के. पी. शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।– राष्टपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा बुझाएपछि राष्टपतिले ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । १ औं प्रधानमन्त्री ओलीको शपथ ४ बजे हुदैछ ।

यसअघि विहिवार नै एमाले अध्यक्ष ओलीले संघीय संसदमा आफ्नो दलका १ सय २१ र माओवादी केन्द्रका ५३ सदस्यको समर्थन आफूलाई रहेको पत्र राष्ट्रपति भण्डारीलाई बुझाउनुभएको थियो ।

वाम गठबन्धनको बहुमत भएको भन्दै पत्र बुझाउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विहान राष्ट्रपति भण्डारीलाइ भेटन शितलनिवास जानुभएको थियो ।
२०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को समर्थन सहितको पत्र नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीले पेश गर्नु भयो ।

उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल , नेपाल कम्युनिष्ट पार्टी ९एमाले० तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का वरिष्ठ नेताहरुको समेत उपस्थित थियो ।– राष्टपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुधवार वामगठबन्धनको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो भने प्रतिनिधिसभा निर्वाचनतर्फको समानुपातिकतर्तको मत परिणाम निर्वाचन आयोगले बुधवार नै राष्ट्रपति भण्डारीलाई बुझाएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.