३ करोडको कारोबार गर्दै सकियो क्यान इन्फोटेक

 

बुटवल, फागुन ।
३ करोडको आर्थिक कारोबार गर्दै बुटवल मण्डपमा संचालित क्यान इन्फोटेक समापन भएको छ । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा भएको मेलाको मेलाको पानै २ लाख दर्शकले अबलोकन गरेका छन् ।
फागुन २ गतेबाट जारी क्यान ईन्फोटेकको अन्तिमदिन करिब ७० हजारले मेलाको अबलोकन गरेको क्यान महासंघ रुपन्देहीले जनाएको छ ।
अन्तिम दिन चारदिनसम्म भएका सम्पूर्ण प्रतियोगितामा उत्कृष्ट बनेकाहरुलाइ नगद,प्रमाणपत्र,शिल्ड ,मेडल लगायतले सम्मान गरिएको हो । भने मेला अबधिभर सहयोग पुर्याउने उपसमितिका संयोजक पदाधिकारी,स्पोन्सरदाताहरु,पत्रकार,सरोकारवालाहरु,स्टलधनी र सहयोगीहरुलाइ मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको क्यानका सह सचिव सुरेशचन्द्र भटट्राईले बताए ।
५ दिनसम्म संचालन भएको मेलामा १ सय ३६ स्टल प्रदर्शनीमा राखिएको थियो । मेलामा कारोबारलाई भन्दा पनि दर्शकलाई कसरी सूचना र प्रविधिका बारेमा जानकारी दिने भनेर स्टल समावेश गरिएको अध्यक्ष नारायण प्रसाद श्रेष्ठले बताए ।
ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन ,आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल राखिएको थियो ।
मेला समापनमा अबसरमा बोल्दै क्यान महासंघका केन्द्रिय उपाध्यक्ष नवराज कुवरले प्रदेश नम्बर ५ लाइ सूचना प्रबिधिको हबका रुपमा बिकास गर्न क्यान मेलाले सकरात्मक भूमिका खेलिरहेको बताए । उनले सूचना प्रबिधिको नजिकमा रहेर काम गर्न सहज र सरल हुने भन्दै प्रबिधिको बिकासमा सबैको सहयोगको खांचो औल्याए ।

क्यानका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिी इन्जिजियरिङ कलेजका प्राचार्य जे एन पाण्डे, एक्सपर्टका रोशन कडेंल,क्यान उपाध्यक्ष माधब अर्याल,क्यान सचिब बिर बहादुर क्षेत्री,कालिका माबिका प्राचार्य घनश्याम पाठक लगायतले बोल्दै यस्ता मेलाहरु थप परिस्कृत बनाउदै जानुपर्ने बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.