कार्यव्यवस्था र मस्यौदा समिति गठन

बुटवल ।
प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकले प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरेको छ । उपसभामुख निर्वाचनपछि स्थागित भएर बसेको अर्काे बैठकले ६ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।
समितिमा एमालेका सांसद भूमिश्वर ढकाल र हरि रिजाल, माओवादी केन्द्रका सांसद तुलाराम घर्ती, कांग्रेसका अष्टभुजा पाठक, संघीय समाजवादी फोरमका सन्तोष पाण्डे र जनमोर्चाकी तारा जिसी सदस्य रहेका छन् । यी सदस्यमध्य एक जना सभापति बनाएर १५ दिनभित्र मस्यौदा बनाउन संसदले समयावधी दिएको छ ।
आइतबारको संसद बैठकले कार्याव्यवस्था समिति समेत गठन गरेको छ । समितिमा एमालेका भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, नारायण प्रसाद आचार्य, माओवादीका दधिराम न्यौपाने, इन्द्रजित थारु, कांग्रेसका बिरबहादुर राना, रमा आर्याल, फोरमका बिजय यादव र जनमोर्चाकी तारा जिसी रहेका छन् । राजपाले प्रदेशसभामा संसदको सपथ नै नभएकाले १३ सदस्यीय कार्यव्यवस्थामा १२ जना मात्रै सदस्य रहेका छन् ।
बैठकमा एमालेका लिला गिरी, माओवादीका कृष्णध्वज खड्का, , संघीय समाजवादी फोरमका सहश्रराम यादव, जनमोर्चाकी तारा जिसीले मुख्यमन्त्री, सभामुख, मन्त्री तथा उपसभामुखलाई बज्ञाई ज्ञापन गरेका थिए । उनीहरुले समृद्ध प्रदेश निर्माणमा एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । कांग्रेसकी निर्मला क्षेत्री भने अगील्लो सरकार र निर्वाचन आयोग मतदाता लाई वधाई दिदै सत्तापक्षका गतिविधी जनपक्षीय हुनुपर्ने मा जोड दिनु भएको थियो । आगामि पाचौ वैठक फगुन १३ गते आईतवार दिउसो एक वस्ने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.