प्रदेश ५मा मनाइयो प्रजातन्त्र दिवस

 

बुटवल । ६८ औं प्रजातन्त्र दिवसका अवसरमा पाँच नम्वर प्रदेशको राजधानी बुटवलमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइँएको छ । प्रजातन्त्र दिवसको स्मरणमा आज विहान बुटबल उपमहानगरपालिकाको कार्यलय परिसरबाट प्रभातफेरि निकालिएको थियो । प्रभातफेरी हाटबजार, अमरपथ, हस्पिटल लाइन हुदै सडक डिभिजन कार्यालयको परिसरमा पुगेर सभामा परिणत भएको थियो । समारोहमा मुख्यमन्त्री शंकर पोखरेलले संबिधान कार्यान्वयन र स्थानीय सरकारको सवलताले जनताका अधिकार स्थापित गर्न सघाउनुपर्ने बताउनुभयो । उहाँ अव आञ्चललिक मनोविज्ञानलाई सझा प्रादेशीक बनाउनु पर्ने भन्दै प्रदेश ५को प्रमुख सम्भावना रहेका प्रर्यटन ,कृषि,उधोग क्षेत्रको दिर्गकालिनतथा अल्पकालीन निती,योजना कार्यक्रम बनाएर अगाडी बढ्ने बताउनु भएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा कार्यक्रम को मुल समारोहमा सम्पन्न भएको थियो ।यस्तै प्रजातन्त्र दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारी विचभएको मैत्रीपुर्ण फुटवलमा विजयी टिम सम्मान समेत गरीएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.