राष्टिय प्रागांरीक कृषि मेला सम्पन्न

 

बुटवल, फागुन ।
कृषि मन्त्रालय अन्र्तगतका बिभिन्न निकाय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको राष्टिय प्रागांरीक कृषि मेला सम्पन्न भएको छ ।
मेलाका अवसरमा प्रत्येक दिन किसान गोष्ठि, कृषि वाली प्रतियोगिता सहित कृषि केन्द्रित बिद्यालयस्तरीय बक्तित्वकला, नृत्य प्रतियोगिता, आमा नृत्य तथा दोहोरी गित प्रतियोगिता, मत्स्य बल्छी प्रतियोगिता भएका थिए ।
समापनका अवसरमा मेलाका उत्कृष्ठ स्टलहरुलाई बिभिन्न क्षेत्रमा बिभाजन गरी पुरस्कृत गरीएको छ । जसअनुसार उद्यमी तर्फ स्पिञ्जर च्याउ फर्म प्रथम, तात्रिवास पशु बिकास फार्म द्धितिय, ग्रिन एन्जल एण्ड रिर्सच तृतिय र सौभाग्य प्रागांरीक मल सान्त्वना भएका छन । त्यस्तै व्यवसायी तर्फ गुप्ता नर्सरी प्रथम, कञ्चनजंघा अर्गानिक अर्थोडक्स टि उद्योग द्धितिय, कफि सहकारी संघ ललितपुर तृतिय र पैचो पसल सान्त्वना भएका छन । उत्पादन तर्फ मदनपोखरा बहुउद्धेश्यीय कृषि सहकारी सस्था प्रथम, बिन्धाबासीनि जैबिक तरकारी खेती द्धितिय, उत्पादक समुह डोल्पा तृतिय र भिन्तुना भारी किवी फार्म गुल्मि सान्त्वना भएका छन ।यसैगरी परिकार तर्फ चितवन केरा उत्पादक संघ प्रथम, मंगोलियम च्याउ फर्म द्धितिय, मोतिपुर हाम्रो डेरी उद्योग तृतिय र जलदेबि मत्स्य सहकारी सान्त्वना भएका छन ।
समापनमा प्रथमलाई १० हजार, द्धितियलाई ८ हजार, तृतियलाई ६ हजार र सान्त्वनालाई ४ हजार नगद रुपैया र प्रमाणपत्रबाट सम्मान गरीएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्रि बालकृष्ण खाण, संघका पुर्वअध्यक्ष नवराज श्रेष्ठ, शंकर श्रेष्ठ र हिरा प्रसाद श्रेष्ठले सम्मान गर्नुभएको थियो ।
समापन समारोहमा बोल्दै पुर्वमन्त्रि तथा प्रतिनिधि सभाका सदस्य खाणले नया संबिधानको निर्माण पश्चात त्यसको कार्यान्वयनका क्रममा ३ वटै तहको निर्वाचन भई सरकार समेत गठन भइसकेको अवस्थामा अव शान्ति प्रक्रियालाई पुरा गरी दीगो शान्ति, बिकास र आर्थिक समृद्धिमा लाग्न सरकारलाई आग्रह गर्नुभयो । उहाले नेपालको समृद्धिको लागि कृषि र मानव स्वास्थ्यका लागि प्रागांरीक कृषिलाई प्राथमिकतामा राखि बिशेष योजना बनाउनु पर्ने बताउनु भयो ।
उहाले बुटवलमा प्रागांरीक कृषि उपज बिक्रि स्थलको व्यवस्था गर्न कृषि कार्यालय र संघलाई सुझाव दिनुभयो । “प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मुल नाराका साथ बुटवलमा एघारौ प्रांगारिक कृषि मेलमा देशभरका ६३ जिल्लाका १ सय २५ वटा स्टलहरु रहेका थिय ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधी तिवारीले ५ नम्वर प्रदेशमा पर्यटन र कृषिको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै निजी क्षेत्रले लगानीमैत्री बातावरणका लागि पहल गरीरहेको बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको समापन कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा, महासंघका केन्द्रिय सदस्य तथा संघका पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष महेशमान सिंह, महासचिव दिनेश प्रसाद श्रेष्ठ, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, इन्द्र प्रसाद पौडेल लगायतले बोल्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.