गुण्डा नाईके मनोज पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिए

बुटवल–फागुन ९ । गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेका पुन बुधवार विहान रुपन्देहीको देवदह नगरपालिकाको भवानीपुरमा प्रहरीको इनकाउन्टरमा मारिएका हुन् । पुनसँगै उनका सहयोगी सोम आलेपनि प्रहरी इन्काउन्टरमा मारिएका छन्।

मुडभेटमा पुन र आले मारिएको रुपन्देही प्रहरीले पुष्टी गरेको छ । बिहान करिब करिव पौने चारबजे झिसमिसे उज्यालो हुने बेला भवानीपुरमा पुन र आले इन्काउन्टरमा परेका हुन् ।

गोली लागेर घाइते भएका दुवैजनालाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल ल्याइएको थियो। मोटरसाईकलमा सवार दुवै जनासँग मुठभेट भएको थियो, पछि उपचारका लागि बुटवल ल्याएकोमा अञ्चल अस्पतालले दुवैलाई मृतका घोषणा गरिसकेको छ ।’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले मतपत्र नेपाललाई जानकारी दिनुभयो ।

तर सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो । अहिले शव अस्पतालमै राखिएको छ । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ ।
‘केन्द्रिय अनुसन्धान ब्युरोकोको शिषेश सुचनाको आधारमा देवदह–४ भवानीपुरमा आफुहरुले सर्च अपरेशन चलाएको र त्यसैक्रममा घटना भएको पनि एसपी ज्ञवालीले बताउनुभयो ।

रुपन्देहीका युवा सघ अध्यक्ष दुर्गा तिवारीको गतबर्ष भएको हत्या र यसैपाली देवदहकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनको संलग्नता रहेको खुलेपछि केन्द्रीय अनुसन्धान ब्यूरोले पुनको खोजी तिव्र पारेको थियो ।

गत असोज २३ गते काठमाडौंको खरिबोटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार भएलगत्तै मनोज पुनले हत्या आफ्नो समुहले गरेको भन्दै अन्य व्यवसायीलाइ समेत धम्की दिएको प्रहरीको भनाइ छ ।

पुन समुहले २०७३ पुसमा तिवारीको र २०७४ पुस २१ गते पौडेलको हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरेलगत्तै पुनले स्थानीयलाई फोन गरेर हत्या आफ्नो समुहले गरेको भन्ने गर्थे र फिरौती समेत असुल्ने गर्थे ।

खोजिकै क्रममा दुइ दिन अघि भारतमा प्रहरी र पुन आमनेसामने भएको पनि हल्ला चलेको थियो । त्यसबारे प्रहरीले केही भनेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.