कसरि मारिए गुण्डानाईकेमनोज र उनका सहयोगी सोमआले कुनठाउमा मारीए हेर्नुस कस्ता थिए उनि

 

 

व्यवसायी हत्या र फिरौती असुलीका फरार अभियुक्त गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदह नगरपालिका वार्ड नम्बर ४ मा आज विहान पुनसगै सहयोगी सोम आले मारिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले पुनसहित सोम आलेको मृत्यु भएको बताए । पुनको समूह नेपाल आएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीले सम्भावित क्षेत्रमा खोजी अभियान चलाएका थिए । आज विहान खोजीकै क्रममा लुकिछिपी बसेको पुनको समूहले प्रहरीको टोलीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा पुन सहित आलेको मृत्यु भएको एसपी ज्ञवालीले बताए । केन्द्रीय अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीको नेतृत्वको टोलीले पुनलाई इन्काउन्टर गरेको हो । घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यही बुधबार बिहान मृत्यु भएको हो । कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । गत पुसमा उनले फर्निचर व्यवसायी बसन्त पौडेलको हत्या गरेको जिम्मा लिएका थिए । ०७२ पुसमै युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा समेत उनैले लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ । पुन बिभिन्न रकम असुलीमा समेत संलग्न भएको प्रहरीको भनाई छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.