अर्थ र परराष्ट्रमा एमालेका माथिल्लै पदाधिकारीको दावी , मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रीपरिषद विस्तारमा वाधा

 

बुटवल, फागुन ९। एमाले र माओबादीबीच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रीपरिषद विस्तारमा ढिलाइ भएको छ । बुधवार पनि एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अर्थ,गृह,परराष्ट्र,भोतिकपुर्वाधार लगायतका महत्वपुर्ण मन्त्रालय बाडफाटको कुरा भएपनि सहमति भएन । माओवादीले नेता रामवहादुर थापाको नेतृत्वमा टिम सरकारमा पठाउने तयारी गरेको छ ।तर एमालेमा भने राम्रा मन्त्रालय लिनेबारे दोैडधुप छ । श्रोतका अनुसार एमाले महासचिव इश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीले अर्थ,उपमहासचिव विष्णु पोैडेलले परराष्ट्र,सचिव योगेश भट्टराइले संचार मन्त्रालय ताकेका छन् । सचिव गोकर्ण विष्टले पनि विकास गर्न सकिने मन्त्रालय पाउनुपर्ने माग गरेको श्रोतले बताएको छ । आकांक्षी धेरै भएकोले छान्न प्रधानमन्त्रीलाइ सकस छ । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि बुधवारका लागि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भयो। एमाले र माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच विहान वार्ता भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.