चैत पहिलो साताभित्रै एमाले र माअोबादी केन्द्रबीच एकता हुने

बुटवल,फागुन,१०। नेकपा एमाले र माअोबादी केन्द्रबीच चैत पहिलो साता एकता गर्ने गरि काम अघि बढाउने निर्णय भएको छ ।
दुवै दलको राजनितिक र सांगठनिक संरचना बनाउन अाज वसेको कार्यदलको बैठकमा दुवै अध्यक्षले चैत पहिलो साताभित्र एकता हुनेगरी प्रतिवेदन बनाउन भनेका हुन ।
एमाले अध्यक्ष केपी अोली र माअोबादी अध्यक्ष पुष्पकमल दाहालले सात बुदे सहमति तथा चुनावी घोषणापत्रका अाधारमा प्रतिवेदन बनाउन निर्देशन दिए ।
एकता संयोजन समितिले फागुन ७ गते २ वटा कार्यदल बनाएको थियो ।
राजनितिक कार्दलको संयोजक माधव नेपाल र सांगठनिक संरचना कार्दलको संयोजकमा इश्वर पोखरेल संयोजक छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.