उद्योग वाणिज्य संघद्धारा बृद्धबृद्धाहरुलाइ फलफुल बितरण

 

बुटवल, १० फागुन ।
उद्योग वाणिज्य संघले आफ्नो ६५ औ स्थापना दिवश र ६८ औ प्रजातन्त्र दिवशका अवसरमा आज लुम्विनी अञ्चल अस्पतालका बिरामी र बृद्धाश्रमका बृद्धबृद्धाहरुलाइ फलफुल बितरण गरेको छ ।
संघका अध्यक्ष खिम बहादुर हमाल, बाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव दिनेश प्रसाद श्रेष्ठ, कोषाध्यक्ष बिमलराज भट्टराइ र सदस्यहरु नबिन श्रेष्ठ, बसन्त ढकाल, सुरज भट्टराइ र धन कुमारी खनाल सहित अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले अस्पतालमा उपचारार्थ भर्ना भएका र उपचारका लागि आएका १ सय बढी बिरामीलाइ फलफुल बितरण गरेका थिए ।
त्यस्तै श्री दुर्गा भवानी शिव कुमारी सैजु बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाइ फलफुल बितरण गरीएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.