बुटवल उपमहानगरपालिकाको विधान सभा सुरु –विभिन्न ९ वटा विधेयक प्रस्तुत

बुटवल, फागुन १० । बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम विधान सभा बिहीबारदेखि सुरु भएको छ । विधानसभा उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भयो ।
उहाँले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारहरुको उपयोग गर्दै आवश्यक ऐन, नियम र कानुनहरु बनाउन विधान सभा बोलाइएको उल्लेख गर्दै नगरसभालाई व्यवस्थित र प्रभावकारी बनाउन सदस्यहरुलाई निर्देशनसमेत दिनुभयो ।
बिहीबारको विधानसभामा विभिन्न ९ वटा विद्येयकहरु प्रस्तुत भएका छन् । उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमति गर्न बनेको) विधेयक–२०७४, नगर शिक्षा विधेयक–२०७४, नगर सहकारी विधेयक–२०७४ सम्बन्धमा, कृषि व्यवसाय प्रवद्र्धन विधेयक–२०७४, फोहरमैला व्यवस्थापन विधेयक–२०७४, औद्योगिक व्यवसाय विधेयक–२०७४ प्रस्तुत भएको छ ।
यस्तै निर्माण व्यवसाय विधेयक–२०७४ तथा सार्वजनिक निजी साझेदारी विधेयक–२०७४ र सार्वजनिक निजी साझेदारी नीति–२०७४ प्रस्तुत भएका छन् । प्रवक्ता रेग्मीका अनुसार बिहीबारै प्रशासकीय कार्यविधि नियमित गर्न बनेको विद्येयक–२०७४ पारितसमेत भएको छ ।
सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, आर्थिक समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, पूर्वाधार विकास समितिका संयोजकहरुले विधेयक प्रस्तुत गरेको प्रशासकीय अधिकृत भरतमणी पाण्डेले जानकारी दिनुभयो ।
ती समितिका संयोजकहरु क्रमशः महेन्द्र लिगल, सीताकुमारी थापा, टंकप्रसाद पराजुली, नारायणप्रसाद पुन, रामप्रसाद रेग्मीले आ–आफ्ना मातहतका समितिमार्फत विधेयकहरु प्रस्तुत गर्नुभएको थियो । नगरसभाको अर्को बैठक फागुन १४ गते विहान ७ बजे नगरसभाहलमा बस्ने कार्यक्रम छ ।
संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम उपमहानगरपालिकाले यसअघि नगरसभाबाट विभिन्न १४ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरिसकेको छ । संविधानको अनुसुची ८ मा
स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारहरुको सूची उल्लेख छ ।
बुटवल उपमहानरगरपालिकाले यस अघि आर्थिक ऐन–२०७४, विनियोजन ऐन २०७४, नियम ः कार्य सम्पादन नियमावली २०७४, निर्णण वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली २०७४ पारित गरिसकेको छ । यस्तै बैठक संचालन कार्यविधि २०७४, नगरसभा संचालन कार्यविधि २०७४, जा“चपास तथा फरफारक कार्यविधि २०७४, योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४, मर्मत संभार एवंम विपद तथा खर्च व्यवस्थापन कार्यविधि २०७४ पनि पारित भएका छन् ।
यस्तै टोल विकास संस्था समन्वय समिति गठन तथा परिचालन सम्बन्धी निर्देशिका २०७४, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४–१९ को भवन निर्माण तथा भू–उपयोग मापदण्ड २०७४ र भवन निर्माण सम्बन्धी मापदण्ड २०७४ पनि यसअघि नै पारित भइसकेको छ । पहिलो नगरसभाले आचार संहितासमेत पारित गरेको थियो । नगर कार्यपालिका कार्यालयका कर्मचारीहरुको आचार संहिता २०७४, उपमहानगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ पारित भइसकेको नगरपालिकाका प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिको संयोजकत्वमा अन्य स्थानिय तहहरु स“ग छलफल गरि संवैधानिक कार्यक्षेत्र र परिवर्तित सन्र्दभमा प्राप्त भएका जिम्मेवारी बमोजिम विभिन्न साझा तथा एकल ऐन कानून तथा कार्यविधिहरुको निक्यांैल गर्दै कानून निर्माण सम्बन्धी कामको समेत कार्य विभाजन भइकेको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.