प्रधानमन्त्रीलाइ केक काट्न भ्याइनभ्याइ–भारतीय र चिनिया राजदुत पनि बालुवाटारमा

काठमाडौं । फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा धुमधामका साथ मनाइएको छ ।

प्रधानमन्त्रीको जन्मदिनमा केक बोकेर जानेहरुको लर्को लागेपछि प्रधानमन्त्री ओलीलाई पनि केक काट्न भ्याइनभ्याइ भएको छ । त्यसैले श्रीमति राधा शाक्यले दिन नै केक काटेर वित्ने भयो भनेपछि केहीबेर हाँसो चलेको थियो ।

जन्मदिनको अवसरमा नेकपा(एमाले) स्थायी समितिले अध्यक्ष ओलीलाइ जन्मदिनको शुभकामना व्यक्त गरेको छ । प्रधानमन्त्री जन्मदिनको अवसरमा भारतीय र चिनिंया राजदुतहरु शुभकामना दिन बिहान बालुवाटार पुगेका थिए ।

यस्तै मदनभण्डारी स्पोर्टस एकेडेमी लगायत अन्य संघसंस्था र पार्टीका नेता कार्यकर्ता पनि शुभकामना दिन जानेक्रम जारी छ ।

जन्मदिनको शुभकामना व्यक्त गर्नेहरुको लर्को लागेपछि दिउसो चार बजे बालुवाटारमा पार्टी नै आयोजना गरिएको बताइएको छ ।

तस्विर सौजन्य ः प्रधानमन्त्रीको निजी सचिवालय

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.