मन्त्रालय १८, प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल

काठमाडौं । फागुन ११ । सरकारले मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री कार्यालय सहित १८ वटा बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३१ मन्त्रालयलाई घटाएर १८ वटा बनाउने निर्णय गरेको हो ।

वातावरणमन्त्री लालबाबु पण्डितले मन्त्रीपरिषद्को बैठकले कार्यसम्पादन नियमावली संशोधन गरि मन्त्रालयको संख्या घटाउने निर्णय गरेको जनसंख्या तथा बताउनुभयो ।

उहाँका अनुसार अव मन्त्रालय १७ र एउटा प्रधानमन्त्री कार्यालय गरि १८ मन्त्रालय रहनेछन । प्रशासन सुधार सुझाव आयोगले भने मन्त्रालय १५ कायम गर्न सिफारिस गरेको थियो ।

यसैगरी मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिटब्यूरो सदस्यसमेत रहेका एमाले नेता विष्णु रिमाललाई नियुक्त गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.