बुटवल उप–महानगरको प्रथम विधेयक सभा नगरबासीहरुसँग सुझाव संकलन गर्दै

बुटवल । स्थानीय सरकार सञ्चालनका लागि संविधानले व्यवस्था गरेअनुरुप अहिले स्थानीय तहमा धमाधम कानुनहरु निर्माण भइरहेका छन् । यसै सन्दर्भमा बुटवल उप–महानगरपालिकाले बनाउन लागेका जनसरोकारका त्यस्ता कानुनहरुका लागि सुझाव संकलन सुरु गरेको छ ।
उप–महानगरको पहिलो विधानसभामा प्रस्तुत भएका विधेयकहरु उपर नगरबासीसँग विभिन्न माध्यमबाट सुझाव माग गरेको हो । ती प्रस्तावित विधेयकलाई उप–महानगरको आधिकारिक वेभपेज र फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । उप–महानगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम विधेयक सभाका निम्ति पेश भएका विभिन्न विधेयकहरुका लागि सुझाव संकलन सुरु भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उप–महानगरपालिकाले सरोकारवाला निकाय एवं सम्पूर्ण नगरवासीहरुमा राय सल्लाह सुझावका निम्ति बुटवल उप–महानगरपालिकाको वेभसाइट धधध।दगतधबmिगल।नयख।लउ र जततउकस्ररधधध।ाबअभदययप।अयmरदगतधबmिगल बाट सार्वजनिकिकरण गरिएको जनाएको छ । प्रस्तावित विधेयकमाथि आफ्नो राय, सल्लाह सुझाव, बुटवल उप–महानगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुमार्फत र नगरकार्यपालिका कार्यालयको इमेल ष्लाय२दगतधबmिगल।नयख।लउ मा समेत उपलब्ध गराउन सकिने गरी व्यवस्था गरेको छ ।
नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै आफ्नो फेशबुक पेज एवं कार्यालयको सम्पर्क व्यक्तिसमेत तोकेको छ । नगरबासीबाट प्राप्त सुझावहरुलाई विषयगत रुपमा अभिलेख राखिने छ तिनलाई सम्बन्धित समितिहरुमा पेश गरिने सम्पर्क व्यक्ति दामोदर ज्ञवालीले जानकारी दिए ।
नगरबासीले तिनै सम्पर्क व्यक्ति ज्ञवालीलाई ९८४७०२५९१६ मा फोन एवं एसएमएस मार्फत समेत सुझाव पठाउने छन् । सुझाव पठाउनका लागि बुटवल उपमहानगरले फागुन १९ गतेसम्मको अवधि तोकेको छ । कार्यालयमै पुगेर लिखित रुपमा समेत सुझाव दिनसक्ने गरी व्यवस्था मिलाइएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
उप–महानगरपालिकाको गत बिहीवारबाट सुरु भएको दोस्रो नगरसभा तथा प्रथम विधान सभा मा विभिन्न ९ वटा विद्येयकहरु प्रस्तुत भएका थिए । उप–महानगरपालिकाका प्रवक्ता रेग्मीका अनुसार बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमति गर्न बनेको) विधेयक–२०७४, नगर शिक्षा विधेयक–२०७४, नगर सहकारी विधेयक–२०७४ सम्बन्धमा, कृषि व्यवसाय प्रवद्र्धन विधेयक–२०७४, फोहरमैला व्यवस्थापन विधेयक–२०७४ र औद्योगिक व्यवसाय विधेयक–२०७४, प्रस्तुत भएका छन् ।
यस्तै निर्माण व्यवसाय विधेयक–२०७४ तथा सार्वजनिक निजी साझेदारी विधेयक–२०७४ र सार्वजनिक निजी साझेदारी नीति–२०७४ प्रस्तुत भएका छन् । यिनै विधेकहरु माथि सुझाव मागेको उपमहानगरपालिकाले जनाएको छ । उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारहरुको उपयोग गर्दै आवश्यक ऐन, नियम र कानुनहरु बनाउन लागिएको बताए । उनले आएका सुझाव हरुलाई आवश्यकता अनुसार समेटेर अन्तिम रुप दिइने बताए ।
बुटवल उप–महानगरपालिको संयोजकत्वमा अन्य स्थानिय तहहरुस“ग छलफल गरी संवैधानिक कार्यक्षेत्र र परिवर्तित सन्र्दभमा प्राप्त भएका जिम्मेवारीबमोजिम विभिन्न साझा तथा एकल ऐन कानुन तथा कार्यविधिहरुको निक्यांैल गर्दै कानून निर्माणसम्बन्धी कामको समेत कार्य विभाजन भइसकेको नगरप्रमुख सुवेदीको भनाइ छ ।
बिहीबार बसेको विधानसभाको बैठकमा विभिन्न ९ वटा विद्येयकहरु प्रस्तुत भएका थिए । प्रवक्ता रेग्मीका अनुसार बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमति गर्न बनेको) विधेयक–२०७४, नगर शिक्षा विधेयक–२०७४, नगर सहकारी विधेयक–२०७४ सम्बन्धमा, कृषि व्यवसाय प्रवद्र्धन विधेयक–२०७४, फोहरमैला व्यवस्थापन विधेयक–२०७४, औद्योगिक व्यवसाय विधेयक–२०७४ प्रस्तुत भएका हुन् । यस्तै निर्माण व्यवसाय विधेयक–२०७४ तथा सार्वजनिक निजी साझेदारी विधेयक–२०७४ र सार्वजनिक निजी साझेदारी नीति–२०७४ प्रस्तुत भएका छन् । विधानसभाको बैठकमा प्रस्तुत भएकै दिन प्रशासकीय कार्यविधि नियमित गर्न बनेको विद्येयक–२०७४ पारित भइसकेको छ ।
सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, आर्थिक समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, पूर्वाधार विकास समितिका संयोजकहरुले विधेयक प्रस्तुत गरेको थियो । तिनै विधेयकहरुका सम्बन्धमा नगरबासीहरुसमक्ष सुझाव माग गरिएको हो । ती समितिका संयोजकहरु क्रमशः महेन्द्र लिगल, सीताकुमारी थापा, टंकप्रसाद पराजुली, नारायणप्रसाद पुन, रामप्रसाद रेग्मीले आ–आफ्ना मातहतका समितिमार्फत विधेयकहरु प्रस्तुत गरेका थिए ।
संविधान–२०७२ ले व्यवस्था गरेको अधिकार सम्पन्न र जिम्मेवारीयुक्त स्थानीय सरकारको आफ्ना लागि कानुन निर्माणका कामहरु सुरु गरेका छन् । संविधानसँग बाभ्mने कानुन बनाएमा संघीय कानुन रद्द हुन्छ । संघीय कानुनसँग बाझिने गरी बनाइएको प्रादेशिक कानुन रद्द हुन्छ । र स्पष्ट रूपमा संविधानमै लेखिएको कुरा हो कि प्रादेशिक कानुनसँग बाझिने गरी बनाइएका स्थानीय कानुन पनि रद्द हुन्छ । नगरसभाको अर्को बैठक भोलि फागुन १४ गते बिहान ७ बजे नगरसभाहलमा बस्ने कार्यक्रम छ ।

अर्थ र परराष्ट्रमा एमालेका माथिल्लै पदाधिकारीको दावी
मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रीपरिषद विस्तारमा वाधा
बुटवल, फागुन ९। एमाले र माओबादीबीच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रीपरिषद विस्तारमा ढिलाइ भएको छ । बुधवार पनि एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अर्थ,गृह,परराष्ट्र,भोतिकपुर्वाधार लगायतका महत्वपुर्ण मन्त्रालय बाडफाटको कुरा भएपनि सहमति भएन । माओवादीले नेता रामवहादुर थापाको नेतृत्वमा टिम सरकारमा पठाउने तयारी गरेको छ ।तर एमालेमा भने राम्रा मन्त्रालय लिनेबारे दोैडधुप छ । श्रोतका अनुसार एमाले महासचिव इश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीले अर्थ,उपमहासचिव विष्णु पोैडेलले परराष्ट्र,सचिव योगेश भट्टराइले संचार मन्त्रालय ताकेका छन् । सचिव गोकर्ण विष्टले पनि विकास गर्न सकिने मन्त्रालय पाउनुपर्ने माग गरेको श्रोतले बताएको छ । आकांक्षी धेरै भएकोले छान्न प्रधानमन्त्रीलाइ सकस छ । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि बुधवारका लागि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भयो। एमाले र माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच विहान वार्ता भएको थियो ।

कसरि मारिए गुण्डानाईके मोजपुन र उनका सहयोगी सोमआले कुनठाउमा मारीए हेर्नुस कस्ता थिए उनि

फोटो पनि छ
बुटवलको ५९ औं स्थापना दिवस
इबीपीएस सेवा शुभारम्भ
बुटवल, फागुन ३ । बुटवल उप–महानगरपालिकाले घर नक्शाका कामहरु अब अनलाइनबाट गर्ने भएको छ । नयाँ प्रविधिको यो सेवा नगरको ५९ औं स्थापना दिवसका अवसरमा बिहीबारदेखि शुभारम्भ भएको हो । उपमहानगरपालिका कार्यालय परिसरमा बिहीबार बिहान एक समारोहका बीच स्थापना दिवस मनाइएको थियो ।
सोही क्रममा प्रदेशसभाका माननीय सदस्य लिला गिरीले उक्त नयाँ प्रविधिको शुभारम्भ गराएका थिए । त्यसक्रममा प्रमुख अतिथि गिरीले सेवाग्राहीका कामहरु सहज र छरितो बनाउनेतर्फ प्रविधिको उच्चतम प्रयोगमा जोड दिए । उनले कुनै पनि सेवाग्रहीले अनावश्यक सास्ती खेप्न नपर्नेगरी सेवा प्रवाह गर्नपनि सम्बन्धित अधिकारीहरुलाई आग्रह गरे ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जनप्रतिनिधिका रुपमा चुनिएर आएपछि नगरको समग्र विकासमै केन्द्रित भएको र योजनाबद्ध कामहरु गरिरहेको जानकारी गराए । उनले आवधिक र दीर्घकालिन महत्वका योजनाहरुमा विभिन्न विषयहरु समावेश गरिएको जानकारी दिंदै ती योजनाहरुलाई सफल बनाउन सबैको सहकार्यको खाँचो रहेको बताए । उपप्रमुख गुमादेवी आचार्यले सुशासनको अनुभूति दिलाउने गरी आफुहरु काममा केन्द्रित भएको भन्दै प्रचार भन्दा पनि योजनाबद्ध कामहरुलाई प्राथमिकता दिइएको बताइन् । उपप्रमुख आचार्यले न्यायसम्पादनका कामहरुलाई सहज बनाउन व्यवस्थित इजलाशको समेत व्यवस्था गरिएको बताउँदै सहकार्यमा उपमहानगरको विकास हुनेमा आफुहरु विश्वस्त रहेको बताइन् ।
सो अवसरमा बोल्ने वक्ताहरुले जनप्रतिनिधिहरु चुनिएपछिको फरकपन नगरबासीहरुले गरिरहेको भन्दै अब कुनै पनि ढिलासुस्ती नगरी योजनाका काममा केन्द्रित हुन सुझाव दिएका थिए । स्थानीय तहलाई अब निर्धक्क भएर काममा केन्द्रित हुन वक्ताहरुले सुझाव दिए ।
कार्यक्रममा प्रदेशसभाका माननीय सदस्य तथा बुटवलका पूर्व मेयर भोजप्रसाद श्रेष्ठले बुटवलको विकासमा आफुहरुले सहकार्य गर्ने बताए । राष्ट्रियसभाका पूर्व सदस्य देवेन्द्र घिमिरेले बुटवल मुलुककै केन्द्रका रुपमा विकास भइरहेको भन्दै जनप्रतिनिधिहरुलाई सफलताको शुभकामना दिए । नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरीले आफुहरुले रचनात्मक काममा सहयोग र सहकार्य गर्ने तथा केही कमजोरी देखिएमा तत्कालै खबरदारी गरिने उल्लेख गरे । त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले नगरबासीमा सुशासनको अनुभूति दिलाउँदै प्रेस स्वतन्त्रताका पक्षमा गरिएका प्रतिबद्धताहरुलाई व्यवहारिक बनाउन आग्रह गरे । कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णराज क्षेत्रीले अरु स्थानीय तहहरुसंग पनि सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।
विभिन्न व्यक्तित्हरु सम्मानित
बुटवल उपमहानगरपालिकाले स्थापना दिवसका अवसरमा यसपाली पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उत्कृष्ट करदाता,हरु, उत्कृष्ट उपभोक्ता समितिहरु, उत्कृष्ट खेलाडीहरु, अपाङ्गता भएका खेलाडीहरु, विद्यार्थीहरु, बाल क्लबहरु, स्वास्थ्य स्वयम्सेवीहरु, कर्मचारीहरु, स्वास्थ्य शिविरमा सहयोग गर्ने चिकित्सकहरु, बुद्धाआश्रम सञ्चालक, पुष्प व्यवसायी तथा रक्तदाताहरुलगायतलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भरतमणी पाण्डेले जानकारी दिए । उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले कर्मचारीहरुको कार्यसम्पादन, लगनशिलता, श्रेष्ठताका आधारमा समितिमार्फत मूल्यांकन गरेर छनौट गरिएको जानकारी दिए ।
के हो इबीपीएस ?
काठमाडौ, भक्तपुर र ललितपुर पछि बुटवलमा सुरु भएको यो प्रणाली लागू भएपछि नक्शासम्बन्धी कामहरुको सबै रेकर्ड अनलाइनमा रहने छ । नगरले दर्ता रहेका सेवाग्राही र परामर्शदाता (कन्सलटेन्ट) हरुलाई (जस्ले भवनको नक्शाको काम गरिरहेका छन्) समेत यस विषयमा तालिम थप दिने छ । उनीहरुले सेवाग्राहीका कामहरु अनलाइनमै गर्नेछन र फाइलका चाँग बोकेर नगरमा धाइरहनुपर्ने छैन् । पहिले नक्शा पास भइसकेका फाइलहरुलाई पनि नगरले विस्तारै कयहीँ सिस्टमा केन्द्रित गर्नेगरी तयारी गरिरहेको उपमहानगरपालिकाका योजना प्रमुख ई.सुमन श्रेष्ठले बताए । पुराना फाइलहरुलाई गोदाम व्यवस्थापन ‘अकाइभ’ गरेर एउटै सिस्टममा ल्याउने तयारी स्वरुप नयाँ सफ्टवेयरको काम भइरहेको अर्का इन्जीनियर तथा नक्शा शाखाका अधिकारी ज्ञानप्रसाद अर्याले जानकारी दिए । यो कामका लागि ई. सन्तोष पाण्डे नेतृत्वको टिमले केही दिनदेखि नै नगरमा तयारी र परीक्षण गरिरहेको थियो ।

केशव भण्डारी बुटवल, फागुन ८ । पाँच नम्वर प्रदेशको राजधानी समेत रहेको बुटबल लाइ सफा र सुग्घर राख्न नगरवासी लाइ आग्रह गरेका छन । प्रजातन्त्र दिवशको अबसमा बृहत सरसफाई अभियानमा क्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सबै नगर बासीको सहभागीतामा अयिान लाइ रिन्तरता दिने भन्दै केहिदिनभित्र समाग्री होडिङ्वोर्ड कवाड ,जथाभावी थुपारिएका गिट्टी बालुवा लगायतका अन्य निर्माण सामाग्री अटेरगरी नहटाए स्थानिय सकारले जफत गरेर लिलाम गर्ने तयारीमा रहेको बताउनु भयो । कार्यत्रममा सहभागी प्रदेश ५ मुख्यमन्त्रीकार्यालयका सचिव दिपेन्द्र काफ्लेले स्थानिय सरकार र प्रदेश सरकार मिलेर सरसफाइ र हरियाली सहर बनाउने अभियानमा लाग्ने बताउनु भयो । उपमहानगरपालिका का कार्यकारी अधिकृत भरतमणी पाण्डेले सडक पेटीमा समान नराख्न पटकपटक सुचना गरिएकोले अब पनि अटेर गरे कानुन अनुशार कार्बाहि अगाडी बढाउले बताउनु भयो
बुटवल, फागुन ८ । पाँच नम्वर प्रदेशको राजधानी बुटवलको सुन्दरता बढाउँन बुटवल सफाई अभियान शुरु भएको छ । सफा र सुन्दर बुटवल भन्ने लक्ष्य सहित प्रजातन्त्र दिवससँगै शुरु भएको अभियान निरन्तर चल्नेछ । स्वच्छ र वातावरणमैत्री शहर बनाउन बुटवल प्रवेशका सवै नाकादेखि मुख्य राजमार्ग क्षेत्रमा सरसफाई अभियान तिव्र पारिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
शहरसफा भए मात्रै बुटवलको गौरव बढाउन सकिने र बुटवलबासी सभ्य छन भन्ने सन्देश दिन सरसफाई अभियानलाई सबैको सहयोगमा अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । राजमार्गसँगै मुख्य बजार क्षेत्र र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रालयसहितका कार्यालय क्षेत्र हुँदै भित्री सडकहरुमा पनि सफाई अभियान चलाइने छ । सफा शहर अभियानमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बुटवल उपमहानगरसँग मिलेर सफाई अभियानलाई अघि बढाइने प्रदेश ५मुख्यमन्त्री कार्यालयका सचिव दिपेन्द्र काफ्लेले बताउनुभयो ।
अभियानमा आफू बसोबास गरिरहेको क्षेत्र, शैक्षिक संस्था, सरकारी कार्यालय, सार्वजनिक स्थान, नदीनाला लगायतका क्षेत्रहरु सफा राख्न सबैलाई आग्रह गरिएको छ । सरसफाई अभियान अन्तर्गत राजमार्ग तथा सडक पेटीमा राखिएका सबै सामाग्रीहरु हटाउने,अनुमति विना राखिएको होडिङ्वोर्ड निकाल्ने र जथाभावी थुपारिएका गिट्टी बालुवा लगायतका अन्य निर्माण सामाग्री हटाउन थालिएको बुटवल उपमहानगर पालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेले जानकारी दिनुभयो । उहाले केहिदिनभित्र समाग्री होडिङ्वोर्ड कवाड ,जथाभावी थुपारिएका गिट्टी बालुवा लगायतका अन्य निर्माण सामाग्री अटेरगरी नहटाए स्थानिय सकारको जफत गरेर लिलाम गर्ने तयारीमा रहेको बताउनु भयो ।
शहरीकरणसंगै फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा देखिएको छ । सफाई अभियानसँगै फोहरलाई पनि पुनः प्रयोगमा ल्याउने गरि पर्याप्त र दीर्घकालिन काम हुन सके सफाइ अभियानले सार्थकता पाउन सक्छ । त्यसका लागि स्थानीय बासिन्दाको अग्रसरता पनि आवश्यक छ । बुटवल ८ सुख्खानगरकी सरस्वती न्यौपाने भन्नुहुन्छ– सफा बुटवल हाम्रो पनि चाहाना हो । उपमहानगरले अभियान अघि बढाउँदा टोलबासीका रुपमा सवैले सहयोग गर्नुपर्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.