प्रनव र माहिन्कालाई उपाधि राजधानि बाहिरको पहिलो सर्वाधिक राशिको लन टेनिस प्रतियोगीता

बुटवल, १५ फागुन
बुटवलमा जारी बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको एकल पुरुषतर्फको उपाधि नेपाल आर्मीका प्रनव खनाल र एकल महिलाको उपाधि माहिन्का राणाले हात पारेका छन । बटवलको देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको फाईनलमा खनालले सन्तोष खत्रीलाई ६–२, ६–२ को सोझो सेट तथा बहिनी माहिका राणालाई ७–५, ६–३, ६–२ को सेटमा पराजित गर्दै माहिन्काले उपाधि हात पारेकी हुन । उपाधिसंगै उनीहरुले नगद ५५ हजार, प्रमाणपत्र र पदक प्राप्त गरेका छन । उपविजेताहरुले भने नगद २५ हजार, प्रमाणपत्र र पदक प्राप्त गरेका छन । पुरुषतर्प तृतिय भएका जितेन्द्र परियार र प्रदिप खड्का तथा महिला एकलतर्फ तृतिय भएकी एनि माथेमा र अभिलाषा विष्टले नगद १०–१० हजार, प्रमाणपत्र र मेडल प्राप्त गरेकी छिन ।
फन डबल्सको उपाधि कमल भण्डारी र अनिल सेन्चुरीको जोडीले चुमेका छन । उनिहरुले जितेन्द्र परियार र अब्दुल सहमदको जोडीलाई ८–१ को सेटले पराजित गरेर उपाधि हात पारेका हुन । उपाधिसंगै उनिहरुले नगद ३५ हजार, प्रमाणपत्र ,मेडलबाट पुरस्कृत भए । उपविजेता बनेका परियार र सहमतको जोडी नगद २० हजार, प्रमाणपत्र, मेडलमा चित्त बुझाए ।
यसैगरि भेट्रान ३५ प्लस उमेरको खेलमा कमल भण्डारीले उपाधि हात पारेका छन । भण्डारीले रोहित सुनुवारलाई ६–२, ६–० को सेटले पराजित गरेका हुन । उपाधिसंगै उनले नगद नगद ४५ हजार, प्रमाणपत्र, मेडल तथा उपविजेता सुनुवार द्धितियले नगद २५ हजार प्रमाणपत्र, मेडल प्राप्त गरेका छन । तृतिय हुने राजु श्रेष्ठ र आत्माराम कार्कीले नगद १०–१० हजार, प्रमाणपत्र, मेडल प्राप्त गरेका छन ।
प्रतियोगितामा कमल भण्डारीले दुई विद्यामा स्वर्ण पदक प्राप्त गरेका छन । उनले फन डबल्स र भेट्रान ३५ प्लस उमेरमा उपाधि हात पारेका हुन ।
यता ४५ पल्स उमेरमा चन्द्र शाहीले बिमल गुरुङ्गलाई ६–०, ७–५ को सेटमा पराजित गर्दै उपाधि हात पारे । प्रतियोगितामा धर्मसिह लामिछाने र विकास गुरुङ्ग तृतिय भए ।
यसैगरि भेट्रान्स ५५ पल्स उमेर आईटिएफका कोअर्डिनेटर तथा राष्ट्रिय कोच कृष्ण प्रसाद घलेले कमल थापालाई ६–१ ले पराजित गर्दै उपाधि हात पारे ।
भेट्रान ४५ प्लस, भेट्रान ५५ प्लसका उपाधि विजेताले नगद ३५ हजार, द्धितियले नगद २० हजार र तृतियले नगद १० हजारका साथमा प्रमाणपत्र, मेडल पुरस्कार प्राप्त गरेका छन ।
एक कार्यकमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, अखिल नेपाल लन टेनिस संघका ज्योती राणा, पूर्वअध्यक्ष मनोज राणा, नेपाली काग्रेसका हरि लम्सालले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन ।
कार्यक्रममा अखिल नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणाले लन टेनिसको प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै क्लबका अध्यक्ष गोपाल ज्ञवालीलाई सम्मानपत्र सम्मान गरेका छन । यसैगरि संघका पूर्वअध्यक्ष मनोज राणाले क्लबलाई नगद २५ हजार आर्थिक सहयोगसमेत वितरण गरेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.