नेपाल र रसियाको सम्बन्धअझप्रगाढबनाउनु पर्छ ः प्रमओली

 

काठमाण्डौ,१५ फागुन,प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र रसियाको सम्बन्धअझप्रगाढबनाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमाप्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तकाउपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधिमण्डलसँगआजकुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सन् २०२५ को वल्र्ड एक्स्पो आयोजनागर्न आफ्नो प्रान्तले उम्मेद्वारी दिएकोले त्यसलाई समर्थन गरिदिनप्रधानमन्त्रीओली समक्षभिसोकिन्सीले आग्रहगर्नुभएको छ । उक्त मेलामाविश्वकाविभिन्न देशका राजनीतिक,औद्योगिक,सामाजिक,साँस्कृतिकविशेषताहरु प्रदर्शनीहुने भिसोकिन्सीले प्रधानमन्त्रीओलीलाई जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्रीओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्धथपआत्मीयहुने विश्वास व्यक्तगर्नुभएको छ । प्रधानमन्त्रीओलीले मन्त्रीपरिषदले पूर्णतापाएपछिभिसोकिन्सीको प्रस्तावमाछलफल गरेर निर्णयमापुग्ने बताउनुभएको छ ।‘तपाईंको प्रस्तावलाई सकारात्मकलिएको छु । मन्त्रिपरिषदमाछलफल गरेर निणर्य गर्नेछु’प्रधानमन्त्रीओलीले भन्नुभयो । रसियाले नेपालको विकासकालागि गरेको सहयोगको प्रशंशाप्रधानमन्त्रीओलीले गर्नुभएको छ ।
भेटमा रसियाका राजदुतआन्द्रेइ वुदनिकले रसियाकाप्रधानमन्त्रीले प्रधानमन्त्रीओलीलाई बधाइतथाशुभकामनापठाएको जानकारी दिनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.