एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोसु प्रधानमन्त्री ओली

 

काठमाण्डौ,२१ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले० र नेकपा(माओवादी केन्द्र० बीच एकता हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ ।
सुखानीमा साहदत प्राप्त गर्नुहुने योद्धाहरुको सम्मानमा आयोजित ४५ औं सहिद स्मृति दिवशका अवरमा आज पार्टी कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताउनुभएको छ ।
केही प्रतिक्रियावादीहरु एमालेका नेताहरु एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दैछन् । तर एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो । ुएमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोसु प्रधानमन्त्री ओलीको भनाइ छ ।
सुखानीका सहिदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाउनुभयो । पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना सहिद,दुर्गानन्द झा,भिमदत्त पन्त लगायतलाई सहिद घोषणा विगतका सरकारले कञ्जस्यांई गरेको ओलीले बताउनुभयो । ुदुईबर्ष अघि म प्रधानमन्त्री भएको बेला मात्र वहााहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गरियो ।ु
प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार,अवशर,सुरक्षा र सम्मानको प्रत्याभुत गर्न तयार रहेको बताउनुभएको छ । ुसहिदहरुले सामाजिक सद्ध्भाव,राष्ट्रिय एकता,शान्ती र सृमद्धिका लागि नै बलिदान गरेका थिएु प्रधानमन्त्री ओलीले भन्नुभयो ुसहिदहरुको त्यो भावनाको हमी उच्च कदर गरेर काम गर्छौं ।ु
वामगठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरु आतिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिसहरु असफल हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेकपा (एमाले० पहिलो पार्टी,कम्यूनिष्ट पार्टीको सरकार,कम्यूनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनु पर्ने बताउनुभयो । कम्यूनिष्टहरुलाई फुटाएर फेरी आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ुसपना चकलेट खाएको देख्यो ,व्यूझिंदा मुख गुलियो हुदैनु कम्यूनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।
तत्कालिन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पााच झापाली योद्धाहरु रामनाथ दाहाल,नेत्र घिमिरे,विरेन राजवंशी,कृष्ण कुंइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानाम पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।
तस्विर ः प्रधानमन्त्रीको सचिवालय

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.